२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई



अ+ अ-

काठमाडौँ। नेपाल स्केटिंङ तथा स्केटबोर्डिंङ संघ र द स्केटल्याण्ड स्केटपार्क गोकर्णको संयुक्त आयोजनामा नेपाल मै पहिलोपटक आयोजना भएको राष्ट्रिय स्तरको ओपन स्केट म्याराथन प्रतियोगिता आज सम्पन्न भएको छ।

आज बिहान सुन्दरीजल देखि गोर्कर्ण स्थित द स्केटल्याण्ड स्केटपार्क सम्मको ५ किलोमिटर दुरीको सो प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अधक्ष्य जीवनराम श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिजाल र नेपाल नेपाल स्केटिंङ तथा स्केटबोर्डिंङ संघका अधक्ष्य अच्युत खनाल ले सयौं स्केटर (खेलाडी) को सहभागिताका साथ भब्य रुपमा उद्घाटन गरियको थियो ।

नेपालमै पहिलो पटक आयोजना भएको सो प्रतियोगितामा महिला पुरुष गरि करिब २०० जना स्वदेशी तथा बिदेशी खेलाडी हरुले सहभागिता जनाएका थिए ।

यो खेल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका सुन्दरीजल, आलापोट चोकदेखि गोकर्णेश्वर नगरपालिकाको तालिन्चोकस्थित द स्केटल्याण्ड स्केटपार्कसम्म करिब ५ किलोमिटर बराबरको दुरीमा खेलाइएको थियो ।

सो प्रतियोगिताको महिला तर्फ निमिशा पाख्रिन प्रथम, मोनिका मगर दित्तीय र सिवानी रेग्मी तृतीय भए, र पुरुष तर्फ साम्देन ग्याल्बो शेर्पा प्रथम, अनिश गुरुङ दित्तीय र सफल थापा तृतीय भएको प्रमुख प्रशिक्षक दिलिपराज बराल ले बताएका छन् ।

उक्त प्रतियोगिता अन्तर्गत प्रथम दित्तीय र तृतीय हुनेलाई नेपाल ओलम्पिक कमिटी का अध्यक्ष जीवन राम श्रेष्ठ, गोकर्णेश्वर नगर पालिका का मेयर दीपक कुमार रिजाल र नेपाल स्केटिंग तथा स्केटबोर्डिंग संघ का अध्यक्ष अच्युत खनाल ज्यू ले संयुक्त रुपमा रू. पचास हज़ार, तिस हजार, पन्ध्र हजार नगद, ट्रफी र प्रमाणपत्र, प्रदान गर्नू भयो ।

यसघि उक्त म्याराथन प्रतियोगिताको पुरस्कार बितरण कार्यक्रममा बोल्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले नेपाल स्केटिंग तथा स्केटबोर्डिंङ संघले स्केटिंङ खेल विधा अन्तर्गतका विभिन्न खेलहरु निरन्तर रुपमा आयोजना गरिरहेकोले स्केटिंङ खेलले नेपालमा मात्र होइन अन्तराष्ट्रिय स्तरमा समेत पदक जित्ने बिश्वास व्यक्त गरे ।

कार्यक्रममा गोकर्णेश्वर नगर पालिका का मेयर दीपक कुमार रिजालले यस्ता प्रकारका प्रतियोगिता हरु आयोजना गर्न नगरपालिका ले भबिष्यमा उपयुक्त लगानी गरिने जानकारी गराए।

सो कार्यक्रममा बोल्दै नेपाल स्केटिंङ तथा स्केटबोर्डिंङ संघका केन्द्रिय अधक्ष्य अच्युत खनाल ले अब संघले स्केट कहल बिकासका लागि प्रतियोगितात्मक र व्यावसायिक दुवै हिसाबले यस खेल लाई देशै भरि लैजाने बताए।

प्रतियोगितामा नेपालभित्र र नेपाल बाहिर बिदेशबाट समेत सयौंको संख्यामा स्केटर/खेलाडीहरुले बाग्लो सहभागिता भएको आयोजक संघका महासचिब सत्य थापाले जनाएका छन ।