२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी



अ+ अ-

काठमाडौं। तेजस्वी र पारामाउन्टले १९औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा जित निकालेका छन् ।

बुढानीलकण्ठ नगरपालिका–८ स्थित भंगालमा आयोजकको कोर्टमा शनिबार भएको जुनियर ब्वाइजमा तेजस्शीले हिमशीलालाई २४–१९ र पारामाउन्टले बिएमसिएलाई २१–१५ ले हराए ।

पारामाउन्टका लागि सबिन तामाङले सर्वाधिक ७ अंक जोडे । अर्को खेलमा भने पारामाउन्टले न्युटनसँग ३६–२६ ले नतिजा गुमायो । न्युटनकका लागि युनिक कार्र्कीले सर्वाधिक १२ अंक बटुले ।

हिमशीले अर्को खेलमा पनि हार बेहो¥यो । ओडिसीसँग हिमशीला २४–१८ ले पराजित हुन पुग्यो । ओडिसीका लागि सोहन तामाङले ११ स्कोर गरे । यसै विधामा एन्जल्र्स हार्टले भ्याली पब्लिकलाई ३०–२० ले हरायो । एन्जल्स हार्टका लागि अक्ष घलले सर्वाधिक ११ अंक बटुले ।

जुनियर ब्वाइजमा नै विवेक घिमिरेको ११ अंकको मद्दतमा एलएनएले न्युटनलाई २९–२१ ले हरायो । भद्रकालीले राजन मेमोरियललाई १६–११ ले हराउँदा देवान्स गिरीले ६ अंकको योगदान दिए ।

सिनियर ब्वाइजमा बोधि सदनले रोजम्यारीलाई ३१–२१ ले हरायो । बोधि सदनका सोहन खड्काले सर्वाधिक ८ अंक बटुले । सिनियर ब्वाइजमा नै भद्रकालीले बेलमन्टलाई ३२-२२ ले हरायो । सिनियर गर्ल्समा जेबीले बेलमाउन्ट २३-१५, केभिकेएसएसले टिआईएलाई १६-११, न्युटनले ह्वाइट माउन्टेनलाई २८-१८, विद्या विकासले मन्जरीलाई ४१-२५ र ल्यान्डमार्कले इबिएलाई १९-१७ ले हरायो ।

प्रतियोगिता आगामी मंसिर २९ गतेसम्म हुनेछ । सिनियर ब्वाइजमा २९ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान २७ टोलीले प्रतिस्पर्धा गर्दैछन् । तीनै विधामा शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँ र ट्रफी पनि पाउनेछन् ।

प्रतियोगिताको मस्ट भ्यालुएबल प्लेअर, बेस्ट थ्री पोइन्टर र सर्वाधिक स्कोरकर्ताले शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ । सिनियर ब्वाइज र सिनियर गल्र्समा क्रमश ः ग्रिनल्यान्ड र भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् ।

जुनियर ब्वाइजको उपाधि भने त्रिज्योतिले जितेको थियो । यो प्रतियोगिता २०६१ सालमा पहिलोपल्ट न्यौपानेकै पहलमा सुरु भएको थियो । त्यसयता कोरोना महामारीका समयमा बाहेक नियमित रूपमा उक्त प्रतियोगिता हुँदै आएको छ ।