१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास

मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास
अ अ+ अ-

कर्णाली। कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा मानव सेवा आश्रमको भवन निर्माण शिलान्यास गरिएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले धार्मिक वन रहेको वीरेन्द्रनगर नगरपालिका–११ स्थित चारकुने क्षेत्रमा उक्त भवन शिलान्यास गर्नुभएको हो ।

सो अवसरमा मुख्यमन्त्री कँडेलले मानवसेवा आश्रम चारकुने क्षेत्रको पहिचान देशभरमा जोडिने हुँदा समुदायिक सहभागिता र सहयोगका लागि आग्रह गर्नुभयो । उहाँले मानव सेवास्थल निर्माणले सामाजिक सद्भाव र एकता कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

“वीरेन्द्रनगर चक्रपथ निर्माणको काम प्रक्रियामा रहेको छ र थप कार्यका लाग मैले नियमित पहल गरिरहेको छु”, उहाँले भन्नुभयो, “आश्रमको भवन निर्माणकार्य गुणस्तरीय र निश्चित समयमै सम्पन्न गर्न सम्बद्ध पक्षलाई आग्रह गर्दछु । भवन निर्माणका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्न प्रतिबद्ध छु ।”

सामाजिक विकासमन्त्री भण्डारीले कर्णालीलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको स्मरण गर्दै कर्णालीको भूगोलअनुरूप अन्य जिल्लामा समेत आश्रम निर्माण गरिने बताउनुभयो । सरकारी घोषणालाई कार्यान्वयन गर्न सबैको उत्तिकै भूमिका रहेको भन्दै उहाँले मानवता प्रवर्द्धन र सेवाका निम्ति प्रदेश सरकारले भवन निर्माणजस्ता पूर्वाधार संरचनाका कार्यलाई पनि प्राथमिकतामा राखेको जनाउनुभयो ।

मानव सेवा आश्रम कर्णाली विकास समिति संयोजक डा नवराज केसीले भवन निर्माणका लागि महायज्ञमार्फत दान सङ्कलन गरिएको जनाउँदै यसको सही सदुपयोगका लागि सबैको सहकार्य र एकता आवश्यक रहेको बताउनुभयो । आश्रमको भवन निर्माणकार्य निर्धारिता मितिमै सम्पन्न गर्न सरोकारवालाहरूलाई उहाँले सहयोग गर्न अपिल गर्नुभयो ।

भवन निर्माणस्थल नजिकैको क्षेत्रमा धार्मिक पार्क निर्माण गरिदिन मुख्यमन्त्री र मन्त्रीलाई आग्रह गर्दै उहाँले ज्येष्ठ नागरिकका लागि सामुदायिक भावनासहितको मनोरञ्जनात्मकस्थलका रूपमा विकास गर्न सकिने सम्भावना रहेको संयोजक डा केसीको भनाइ थियो । उक्त कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले प्रदेश सरकारको सहयोगले सहयोगापेक्षी सडक मानव र मानवता प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो ।

प्रदेश सरकारबाट निर्माण हुने प्रदेश उक्त भवनको लागत अनुमान रु दुई करोड ५० लाख रहेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेश सरकारबाट रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको मानव सेवा आश्रम कर्णाली प्रदेश सुर्खेतले जनाएको छ ।रासस