१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न आज महाराजगञ्जस्थित देउवा निवास पुगेका छन्।

केही बेरअघि ओली देउवा निवास पुगेका हुन्।

देउवा र ओलीबीच अहिले भेटवार्ता जारी रहेको स्रोतले जनाएको छ। जेनजी आन्दोलनपछि दुई नेताबीच यो पहिलो राजनीतिक भेट हो, जसलाई राजनीतिक वृत्तमा विशेष महत्त्वका साथ हेरिएको छ।

हाल जारी भेटवार्तामा समसामयिक राजनीतिक स्थिति, आगामी शक्ति समीकरण तथा देशको समग्र स्थायित्वका विषयमा चर्चा हुन सक्ने अनुमान गरिएको छ।