१५ श्रावण २०८३, शुक्रबार
,
Latest
पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण सरकार र लघुवित्तपीडितबीच पाँच बुदे सहमति समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन हेटौँडामा शनिबार सद्भाव र्‍याली गरिने विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड प्रदेशहरूको सशक्तिकरण र अधिकारसम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाई सूचना माग्दा सर्तमाथि सर्त थप्दै केयूकेएल, संविधानविद् भन्छन् ‘असंवैधानिक’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदी कटान नियन्त्रण आयोजना प्रारम्भ



अ+ अ-

म्याग्दी। बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना निर्माण सुरु भएको छ।

गण्डकी प्रदेश जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालयले रु दुई करोड ९८ लाखको लागतमा आयोजना निर्माण थालेको हो।

आयोजनाका इन्जिनियर नरजङ गुरुङका अनुसार नदी किनारमा ८० मिटर लामो ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण हुनेछ।

भुइँमा चार मिटर चौडा र तीन मिटर अग्लो ‘कङ्क्रिट’ र त्यसमाथि ‘ग्याबिन’ पर्खाल पनि बनाइने छ । आयोजना पूरा भएपछि कालीपुल क्षेत्रको बस्ती बाढीबाट जोगिने छ।