१८ भाद्र २०८३, बिहीबार
,
Latest
हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु



अ+ अ-

सप्तरी। कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट आज एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप नगरपालिका–५ निवासी ६५ वर्षीय नारायण खङ्ग रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घरदेखि करिब एक किलोमिटर टाढा रहेको खेतमा काटिएको धान हेर्न गएकाबेला उहाँलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो ।

यस्तै, कोशीटप्पु वन्यजन्त आरक्षबाट निस्कने जङ्गली हात्तीको आक्रमणबाट बर्सेनि दुई÷तीन जनाको ज्यान जाने गरेको स्थानीयले बताएका छन् ।

हात्ती आक्रमणबाट त्रसित र पीडितले नियन्त्रणको माग गर्दै त्यस क्षेत्रका बासिन्दाले पटकपटक स्थानीय प्रशासन र आरक्ष प्रशासनलाई ज्ञापनपत्र बुझाए पनि ठोस पहल हुन नसकेको स्थानीयको गुनासो छ । रासस