१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ह्यान्डबल सङ्घको अध्यक्षमा तिमिल्सिना



अ+ अ-

कास्की। पोखरामा सम्पन्न नेपाल ह्यान्डबल सङ्घको महाधिवेशनबाट सङ्घको केन्द्रीय अध्यक्षमा पिताम्बर तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् ।

महाधिवेशनले आगामी चार वर्षका लागि सुनसरीका तिमिल्सिनाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ खेलकुद विकास ऐन जारी भएपछि सङ्घको पहिलो महाधिवेशन भएको हो । सङ्घको उपाध्यक्षत्रयमा मिठाराम अधिकारी, हिमालकुमार  श्रेष्ठ र ज्ञानेन्द्र प्रधान निर्वाचित भए ।

यसैगरी महासचिवमा केशव पाठक, सचिवमा महेन्द्रबहादुर पुन र कोषाध्यक्षमा तस्विरा तामाङ निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा नारायण अधिकारी, सविता थोकर तामाङ, तेजेन्द्रबहादुर पाण्डे, मेदनीलाल पाण्डे र विशाल बस्नेत निर्वाचित भएका छन् । रिक्त पदाधिकारी तथा सदस्य पद पछि मनोनयन गरिने निर्वाचन समितिका संयोजक कमल अर्यालले जानकारी दिए ।

महाधिवेशनमा ४८ जिल्लाका प्रतिनिधिले भाग लिएका थिए । यसअघि पोखराका तेजबहादुर गुरुङ नेतृत्वको कार्यकाल लामो समयअघि सकिए पनि विविध कारणले महाधिवेशन हुन सकेको थिएन । प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्यसचिवसमेत रहेका गुरुङले यसअघि दुई कार्यकालसम्म सङ्घको नेतृत्व गरेका थिए ।

यसअघि महाधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले पोखरा पर्यटनको मात्र नभई खेलकुदको पनि राजधानी भएको बताए । उद्घाटन सत्रमा अन्तरराष्ट्रिय ह्यान्डबल सङ्घका प्रतिनिधि मोहम्मद शफिक, राष्ट्रिय खेलकुद परिषद्का सदस्य हिमालकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । रासस