काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाजका स्पिनर साहब आलमको ह्याट्रिकसहित ६ विकेटमा पोखरालाई हराएको छ ।
खेलको अन्तिम ओभरमा आलमले लगातार तीन विकेट लिएसँगै काठमाडौंले पोखरालाई १२ रनले हराएको हो । यो जितसँगै, काठमान्डु एनपीएलको प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ ।
लिग चरणमा ७ वटै खेल खेलिसकेको काठमान्डुले ५ खेलमा जित र २ हारबाट १० अंक जोडेर दोस्रो स्थानमा छ । उता ६ खेलमा चौथो हार व्यहोरेको पोखराको भने ४ अंक मात्र छ ।
काठमान्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा सबै विकेट गुमाउदै १५२ रन मात्र बनायो । पोखराका लागि ऋषि धवनले अर्धशतक प्रहार गरे। उनले ३१ बल खेल्दै ३ चौका र २ छक्कासहित ५४ रन बनाए । यस्तै धनन्जय लक्षनले ३० रन जोड्दा कप्तान कुशल भुर्तेलले २२ र ज्यासन रोयले १६ रन बनाएर आाउट भए ।
बलिङमा काठमान्डुका शाहब आलमले ४ ओभरमा २५ रन खर्चेर ह्याट्रिकसहित ६ विकेट लिए । यससगै, उनी जारी प्रतियोगितामा ६ विकेट लिने पहिलो खेलाडि बने । कप्तान करण केसी र सन्नी पटेलले दुई/दुई विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले ओपनर बेन चार्ल्सवर्थ र भिम शार्कीको अर्धशतकम निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो । उसको लागि भीम सार्कीले आक्रमक ब्याटिङ गरे । उनले १९ बलमै अर्धशतक पूरा गरे । उनले २२ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ५५ रन बनाए । यस्तै, चार्ल्सवर्थले ५५ बलमा ५ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाए । छैटौं विकेटका लागि भीम र चार्ल्सवर्थले ८४ रनको साझेदारी गरे ।
यस्तै, ओपनर आकाश त्रिपाठी शून्यमा आउट हुँदा रशिद खानले ७ रन, मिलिन्द कुमारले १३, जोन सिमसन २ र आदिल अन्सारीले ७ रन जोडे ।
बलिङमा पोखराका धनञ्जयले ४ विकेट लिँदा कप्तान कुशल भुर्तेलले २ तथा विपिन खत्री र किरण ठगुन्नाले १/१ विकेट हात पारे।










