२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वहरूले समाजमा एकता र सद्भावना बढाउँदै आएका छन्ः कावा सभापति खड्का



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली समाजमा मनाइनृ पर्वले एकता र सद्भावना बढाउँदै आएका उल्लेख गर्नुभएको छ ।

उँधौली र यःमरि पुन्हिका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले विविधतायुक्त राष्ट्र नेपालमा विभिन्न भाषा, धर्म, संस्कार, समुदाय र जातजातिका आफ्नै विशिष्ट परम्परा र संस्कृति रहेको स्मरण गर्नुभयो ।

कावा सभापति खड्काले मुलुकमा एकअर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान तथा आदर गर्ने आफ्नै विशिष्ट पहिचान रहेको पनि उल्लेख गर्नुभएको छ ।

उहाँले किराँत समुदायको महत्त्वपूर्ण पर्व उँधौली, ज्यापू समुदायको सांस्कृतिक पहिचान बोकेको यःमरि पुन्हि (ज्यापू दिवस) र समृद्धिको प्रतीक धान्य पूर्णिमाका अवसरमा सबैमा सुस्वास्थ्य, दीर्घायुको शुभकामना दिनुभएको छ ।

कावा सभापति खड्काले यी पर्वहरूले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।