१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्तसमक्ष ज्ञापनपत्र



अ+ अ-

काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टीले आगामी निर्वाचनमा अन्तर जिल्ला तथा निर्वाचन क्षेत्र मतदानको प्रभावकारी व्यवस्था मिलाइदिन निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त समक्ष ज्ञापनपत्र बुझाएको छ ।

यसबाट नागरिकले आफ्नो बसोबास रहेको जिल्ला वा निकटतम् मतदान केन्द्रबाट सहज रूपमा मतदान गर्न पाउनेछन् । जसले समग्र रूपमा निर्वाचनमा जनसहभागिता उल्लेख्य रूपमा वृद्धि गर्ने सो पार्टीको बुझाइ छ ।

आज निर्वाचन आयोगका कावा प्रमुख आयुक्त रामप्रसाद भण्डारीसमक्ष उहाँहरूले बुझाएको ज्ञापनपत्रमा नेपालको निर्वाचन प्रक्रियालाई अझ समावेशी, सहभागितामूलक र प्रभावकारी बनाउन पार्टीले ध्यानाकर्षण गराएको हो ।

ज्ञापनपत्रमा भनिएको छ, “हाल देशभर रोजगार, अध्ययन, उपचार तथा विविध कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक जिल्लामा बसोबास गर्ने नागरिकको सङ्ख्या उल्लेखनीय रूपमा बढिरहेको छ ।

यस्ता नागरिकका लागि हाल उपलब्ध मतदान प्रक्रियाले पर्याप्त सुविधा नदिएको हुँदा उनीहरू आफ्नो मतदान अधिकारबाट वञ्चित हुने अवस्था सिर्जना भएको छ ।”रासस