९ श्रावण २०८३, शनिबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महामन्त्री गगन थापाद्वारा सभापति लड्ने घोषणा



photo: rss
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न १५औँ महाधिवेशनमा आफू सभापति पदका उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका छन्।

उनले हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा बोल्दै सभापतिमा प्रतिष्पर्धा गर्ने विषय स्पष्ट पारेका हुन्।

महामन्त्री थापाले पार्टीभित्र नेतृत्व परिवर्तनको आवश्यकता रहेको उल्लेख गर्दै आफूले नयाँ ऊर्जा, दृष्टि र सुधारको एजेन्डा लिएर उम्मेदवारी घोषणा गरेको बताए।

“म १५औँ महाधिवेशनको सभापति पदका लागि उम्मेदवार हुँ। कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले मलाई यो ऐतिहासिक पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिनुहुनेछ भन्ने विश्वास छ,” थापाले कार्यक्रममा भने।

महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा सभापति पदमा दाबी गर्नु स्वाभाविक कदम रहेको उनको भनाई छ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ।