काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न १५औँ महाधिवेशनमा आफू सभापति पदका उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका छन्।
उनले हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा बोल्दै सभापतिमा प्रतिष्पर्धा गर्ने विषय स्पष्ट पारेका हुन्।
महामन्त्री थापाले पार्टीभित्र नेतृत्व परिवर्तनको आवश्यकता रहेको उल्लेख गर्दै आफूले नयाँ ऊर्जा, दृष्टि र सुधारको एजेन्डा लिएर उम्मेदवारी घोषणा गरेको बताए।
“म १५औँ महाधिवेशनको सभापति पदका लागि उम्मेदवार हुँ। कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले मलाई यो ऐतिहासिक पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिनुहुनेछ भन्ने विश्वास छ,” थापाले कार्यक्रममा भने।
महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा सभापति पदमा दाबी गर्नु स्वाभाविक कदम रहेको उनको भनाई छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ।










