४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो

एनपिएलः ब्याटिङतर्फ विदेशी, बलिङमा नेपाली खेलाडी अब्बल

एनपिएलः ब्याटिङतर्फ विदेशी, बलिङमा नेपाली खेलाडी अब्बल
अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करण गरी मङ्गलबारसम्म तीनवटा शतक प्रहार भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत वर्षदेखि सुरु गरेको एनपिएलको हाल दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा मङ्सिर १ गतेदेखि जारी छ ।

पहिलो संस्करणमा एउटा मात्र शतक प्रहार भएको थियो । तीनवटै शतक विदेशी खेलाडीले बनाएका छन् । नेपाली खेलाडीले हालसम्म शतक बनाउन सकेका छैनन् । जारी संस्करणको २१औँ खेलमा मङ्गलबार पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले शतक प्रहार गरे । कर्णाली याक्सविरुद्धको उक्त खेलमा उनले ५५ बलमा शतक पूरा गरेका हुन् । उक्त खेलमा ५८ बल खेलेका उनी १०८ रनमा अविजित रहे । कर्णालीलाई ३४ रनले हराएको यो खेलमा एडम प्लेयर अफ दी म्याचसमेत घोषित भए । एडम इङ्ल्याण्डका हुन् ।

यस्तै कर्णाली याक्समा अनुबन्ध भएका स्कटल्याण्डका मार्क वाटले जारी संस्करणमा शतक हिर्काउने पहिलो खेलाडी हुन् । उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा ४१ बलमा शतक बनाएका थिए । उक्त खेलमा ४४ बल खेलेका वाट ११४ रनमा अविजित रहे । यो खेल कर्णालीले ९ विकेटले जितेको थियो । वाट प्लेयर अफ दी म्याचसमेत चुनिए । एनपिएलमा सबैभन्दा छिटो शतक प्रहार गर्ने र एकै खेलमा सबैभन्दा बढी रन बनाउने खेलाडी पनि वाट नै हुन् ।

एनपिएलको पहिलो संस्करणमा एकमात्र शतक अमेरिकी खेलाडी आन्द्रिज गोउसको नाममा छ । पोखराको टिममा आबद्ध गोउसले लुम्बिनीका विरुद्ध शतक जोडेका थिए । गोउसले ५४ बलम शतक पूरा गरेका थिए । उक्त खेलमा उनले अविजित १०४ रन बनाए ।

अर्धशतकमा पनि विदेशीकै दबदबा

जारी प्रतियोगितामा हालसम्म २२ खेलाडीले २६ अर्धशतक प्रहार गरेका छन् । यसमा १७ अर्धशतक विदेशी खेलाडीकै नाममा छन् । नौ अर्धशतक मात्रै नेपाली खेलाडीले प्रहार गर्न सकेका छन् ।

अर्धशतक हिकाउने विदेशी खेलाडीमा चितवन राइनोजका रवी बोपरा ९तीन०, कर्णाली याक्सका प्रियाङ्क पञ्चाल ९दुई० तथा जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमुर्ति र माज सदाकत, सुदूरपश्चिम रोयल्सका जोश ब्राउन र हरमित सिंह, पोखराका सुमित बर्मा, जिमी निशम र एडम रोसिङ्टन, विराटनगर किंग्सका मार्टिन गुप्टिल, चितवनका डेविड मलान, कर्णालीका मार्क वाट तथा काठमान्डू गोर्खाजका जोन सिम्प्सन ९एक÷एक० रहेका छन् ।

अद्र्धशतक प्रहार गर्ने नेपाली खेलाडीमा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल ९दुई० तथा सुदूरपश्चिमका विनोद भण्डारी र ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम र बसिर अहमद, चितवनका अर्जुन साउँद, जनकपुरका अनिल शाह र आशिफ शेखले ९एक÷एक० रहेका छन् ।

सर्वाधिक रन बनाउनेको सूचीमा पनि विदेशी खेलाडी नै रहेका छन् । एक्काइस खेल सकिँदासम्म सर्वाधिक रन बनाउनेको सूचीमा पोखराका एडम रोसिङ्टन पहिलो नम्बरमा रहेका छन् । उनले हालसम्म पाँच खेलमा २५३ रन हिर्काएका छन् ।

दोस्रो नम्बरमा ६ खेलमा २४२ रन बनाएका कर्णालीका मार्क वाट, तेस्रोमा पाँच खेलमा २०७ रनसहित चितवनका रवी बोपरा, छ खेलमा १८१ रन जोडेका कर्णालीका प्रियाङ्क पञ्चाल चौथोमा तथा पाँचौँ नम्बरमा पाँच खेल खेलेका लुम्बिनीका कप्तानसमेत रहेका रोहितकुमार पौडेल (१७४ रन) रहेका छन् ।

बलिङमा नेपाली खेलाडी अब्बल

सर्वाधिक रन र व्यक्तिगत स्कोरमा विदेशी खेलाडीको वर्चश्व रहे पनि बलिङमा भने नेपाली खेलाडी अब्बल देखिएका छन् । सुदूरपश्चिमका अभिनाश बोहरा सबैभन्दा बढी विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । उनले हालसम्म पाँच खेलमा ११ विकेट लिइसकेका छन् ।

विराटनगर किङ्ग्सका कप्तानसमेत रहेका सन्दीप लामिछाने पाँच खेलमा १० विकेट लिएर दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा काठमान्डूमा आबद्ध विदेशी खेलाडी मिलिन्द कुमार र चौथोमा काठमान्डूका कप्तान करण केसी रहेका छन् । मिलिन्द र करणले ६ खेलमा दश÷दश विकेट छन् । यस्तै पाँच खेलमा नौ विकेट लिएर पाँचौँ स्थानमा सुदूरपश्चिममा आबद्ध विदेशी खेलाडी हर्मित सिंह रहेका छन् ।

एनपिएलम विराटनगर र पोखराको उच्च स्कोर

एनपिएल इतिहासमै उच्च स्कोर बनाउने टोली विराटनगर किङ्ग्स बनेको छ । विराटनगरले जारी संस्करणमा पोखराविरुद्ध २२० रन बनाएको थियो । यो हालसम्मकै उच्च स्कोर हो । दोस्रो उच्च स्कोर बनाउने टोली पोखरा रहेको छ । पोखराले कर्णालीकाविरुद्ध २०१ रन जोडेको थियो ।

यो संस्करणमा सबैभन्दा कम स्कोर बनाउने टोली चितवन छ । चितवनले काठमान्डू गोर्खाजविरुद्ध ८९ रन बनाएको थियो । यही मङ्सिर १ गतेदेखि सुरु भएको एनपिएलको दोस्रो संस्करणमा आठ टोली सहभागी छन् । हालसम्म सुदूरपश्चिम मात्रै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । कर्णाली प्रतियोगिताबाट बाहिरिने पहिलो टोलीमा परेको छ । अन्य टोलीको छिनोफानो हुन बाँकी छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा भइरहेको प्रतियोगिता मङ्सिर २७ गते सम्पन्न हुनेछ ।