१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेची भन्सार कार्यालयबाट आयात बढ्दा निर्यात घट्यो



अ+ अ-

भद्रपुर, (झापा) । आर्थिक वर्ष २०८२र८३ को पहिलो चौमासिकमा काँकरभिट्टाबाट रु १६ अर्ब दुई करोड पाँच लाख मूल्यबराबरका सामान आयात भएका छन् ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिमा रु १४ अर्ब २८ करोड ८७ लाखबराबरको वस्तु तथा सामान आयात भएका थिए ।

गत आवको तुलनामा चालु आवको पहिलो चौमासिकमा यो नाकाबाट निर्यात भने घटेको छ । यो अवधिमा रु सात अर्ब ९६ करोड सात लाखबराबरका सामग्री निर्यात भएका छन् । गत आवको सोही अवधिमा रु आठ अर्ब ३० करोड २७ लाखका वस्तु निर्यात भएका थिए ।

काँकरभिट्टाबाट अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पातालगायत निर्यात हुने गरेका छन् । उक्त कार्यालयले आव २०८२र८३ को पहिलो चार महिनामा आयात निर्यातबाट रु पाँच अर्ब ४६ करोड एक लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । रासस