३ पुष २०८२, बिहीबार
,
Latest
एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोयल यु-२३ च्याम्पियन



अ+ अ-

काठमाडौं । आयोजक रोयल सेन्ट्रल स्पोर्ट्स प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेको छ ।

ललितपुरको सानागाउँस्थित घरेलु कभर्डहलमा रोयलले टाइम्सलाई ६२–५९ ले पराजित गर्याे । रोयलका निकेश मगरले २० अंक जोडे । निकेश नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । त्यसवापत निकेशले १० हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

तेश्रो क्वाटरको समाप्तिसम्म रोयल ४२–५० ले पछाडि थियो । पछाडि परेको स्थितिलाई उल्ट्याउदै चौथो तथा अन्तिम क्वाटरमा रोयलले २०–९ को अग्रता लियो र उपाधि सुनिश्चित गर्यो । सुरुका तीन क्वाटरमा रोयलले क्रमशः १४–९, १६–१५ र १२–१६ को प्रदर्शन गरेको थियो । उपाधिसंगै रोयलले ५० हजार नगद पुरस्कार हात पार्यो ।

टाइम्सका विजेश तामाङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । बापेकका सजक केसीले उदीयमान खेलाडीको ट्रफी चुमे ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, बास्केटबलका मुख्य प्रशिक्षक दिनेशचन्द्र नकर्मीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन १२ गतेदेखि सुरु प्रतियोगितामा ९ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । रोयल स्पोर्ट्स सेन्ट्रल राष्ट्रिय बास्केटबल खेलाडीद्वय रविन खत्री र विनोद महर्जन तथा बास्केटबल प्रशिक्षक नृपेश श्रेष्ठले सञ्चालनमा ल्याएका हुन् ।