३ भाद्र २०८३, बुधबार
,
Latest
कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोयल यु-२३ च्याम्पियन



अ+ अ-

काठमाडौं । आयोजक रोयल सेन्ट्रल स्पोर्ट्स प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेको छ ।

ललितपुरको सानागाउँस्थित घरेलु कभर्डहलमा रोयलले टाइम्सलाई ६२–५९ ले पराजित गर्याे । रोयलका निकेश मगरले २० अंक जोडे । निकेश नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । त्यसवापत निकेशले १० हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

तेश्रो क्वाटरको समाप्तिसम्म रोयल ४२–५० ले पछाडि थियो । पछाडि परेको स्थितिलाई उल्ट्याउदै चौथो तथा अन्तिम क्वाटरमा रोयलले २०–९ को अग्रता लियो र उपाधि सुनिश्चित गर्यो । सुरुका तीन क्वाटरमा रोयलले क्रमशः १४–९, १६–१५ र १२–१६ को प्रदर्शन गरेको थियो । उपाधिसंगै रोयलले ५० हजार नगद पुरस्कार हात पार्यो ।

टाइम्सका विजेश तामाङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । बापेकका सजक केसीले उदीयमान खेलाडीको ट्रफी चुमे ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, बास्केटबलका मुख्य प्रशिक्षक दिनेशचन्द्र नकर्मीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन १२ गतेदेखि सुरु प्रतियोगितामा ९ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । रोयल स्पोर्ट्स सेन्ट्रल राष्ट्रिय बास्केटबल खेलाडीद्वय रविन खत्री र विनोद महर्जन तथा बास्केटबल प्रशिक्षक नृपेश श्रेष्ठले सञ्चालनमा ल्याएका हुन् ।