२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर प्रदेशमा नेपाली यात्रु सवार बसमा भीषण आगलागी, ३ जनाको जलेर मृत्यु



अ+ अ-

काठमाडौँ । भारतको उत्तर प्रदेशको बलरामपुरमा ट्रकले ठक्कर दिएपछि बसमा आगलागी भयो।

यस घटनामा ३ जना जलेर मृत्यु भएको छ र २४ जना घाइते भएका छन्।

तीमध्ये ६ जनाको अवस्था गम्भीर छ। युपी २२ एटी ०२४५ नम्बरको बस नेपाल सीमावर्ती सोनौलीबाट छुटेको थियो र दिल्लीतर्फ जाँदै थियो। मृतकहरूको पहिचान अहिलेसम्म हुन सकेको छैन।

बसमा ४५ जना यात्रु सवार थिए, जसमा अधिकांश नेपालका नागरिक थिए। बस चालक र कन्डक्टरको पनि अहिलेसम्म केही पत्ता लागेको छैन।

ठक्कर यति भीषण थियो कि बस करिब १०० मिटर घिस्रँदै गएर हाईटेंशन लाइनको बिजुलीको पोलसँग ठोक्कियो। पोल भाँचिएर बसमाथि खस्यो। बसमा करेन्ट दौडियो, शर्ट सर्किट भयो र आगलागी भई फैलिएको थियो।

केही क्षणमै बस आगोको मुस्लो बन्यो। यात्रुहरू भित्रै फँसेका थिए। ज्यान जोगाउनका लागि शीशा फोडेर बाहिर निस्कन थाले। घटनास्थलमा चिच्याहट र भागदौड मच्चियो। बाहिर निस्केका यात्रुहरूले प्रहरीलाई खबर गरे। दमकलका टोलीहरू पनि घटनास्थल पुगे र आगो निभाउने काम सुरु गरे। फसेका यात्रुहरूलाई बाहिर निकालियो।

घाइतेहरूलाई तुरुन्तै एम्बुलेन्सबाट अस्पताल पुर्‍याइयो। गम्भीर घाइतेहरूलाई बहराइच मेडिकल कलेज रेफर गरिएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार अधिकांश यात्रु कुनै न कुनै तरिकाले बसबाट बाहिर निस्कन सफल भए। तर केही भित्रै फसे। पछि बसभित्रबाट ३ वटा शव बरामद गरियो, जसमा २ वटा अत्यन्तै जलेको पहिचान हुन नसक्ने अवस्थामा थिए।

प्रहरीका अनुसार ट्रकमा न्यानो कपडा लोड गरिएको थियो। त्यसैले ट्रकमा पनि आगो लाग्यो। यो दुर्घटना कोतवाली देहात थाना क्षेत्रको फुलवरिया बाइपासमा सोमबार राति करिब साढे दुई बजे भएको हो।

घाइते यात्रु लोकेन्द्रका अनुसार उनी नेपालबाट गुरुग्राम जाँदै थिए। उनले भने ‘बीचमै घटना भयो। बस ट्रकसँग ठोक्कियो र त्यसपछि आगो लाग्यो। म दुर्घटना हुनु केही समयअघि मात्रै ब्यूँझिएको थिएँ। आगो लागेपछि झ्यालबाट हाम फालेर बाहिर निस्कें। धेरैजना घाइते भए। म बसको पाछिल्लो सीटमा बसेको थिएँ।’