१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति

इनरुवा–३ का मतदाता भन्छन् : ‘विकास पहिलो प्राथमिकतामा हुनुपर्छ’

इनरुवा–३ का मतदाता भन्छन् : ‘विकास पहिलो प्राथमिकतामा हुनुपर्छ’
अ अ+ अ-

इनरुवा, (सुनसरी) । सरकारले फागुन २१ गतेलाई प्रतिनिधिसभा सदस्यका लागि निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनका लागि सरकारीले सम्पूर्ण तयारी गरिरहेको छ भने सुरक्षाकर्मीसमेत परिचालन गरेको छ ।

निर्वाचनका लागि राष्ट्रपतिले सेना परिचानका लागि स्वीकृति प्रदान गरेको छ । निर्वाचनलाई लक्षित गरेर विभिन्न राजनीतिक दल आन्तरिक तयारीमा जुटेका छन् भने सुनसरीको विभिन्न ठाउँमा उम्मेदवारको चर्चासमेत सुुरु भएको छ ।

आगामी फागुन २१ गतेलाई घोषणा गरेको निर्वाचनमा मतदान गर्न सुनसरी क्षेत्र नं ४ मा पर्ने इनरुवा नगरपालिका–३ का मतदाताले आफूहरू मतदान प्रतिक्रियामा सहभागी हुन प्रतिक्षारत रहेको प्रतिक्रिया दिनएका छन् ।

आफूहरू मतदान गर्न आतुर भए पनि मतदाताको पहिलो प्राथमिकतामा विकास निर्माण र मुलुकको समृद्धि भएकाले निर्वाचित व्यक्तिले जनचाहना अनुसार कामलाई केन्द्रमा राख्नुपर्नेमा स्थानीय मुसनी सदाले जोड दिनुभयो । आगामी फागुन २१ गतेको निर्वाचन प्रक्रियामा सक्रियताका साथ सहभागी हुने जनाउँदै उहाँले आफूहरूको पहिलो प्राथमिकता र माग विकास निर्माण रहेको उहाँले बताउनुभयो ।

इनरुवा–३ स्थित सदा बस्तीका स्थानीयले अहिले दूषित पानी उपभोग गर्नुका साथै सडक, सडक बत्ति, सार्वजनिक शौचालयलगायत समस्या झेल्दै आएकाले ती समस्या समाधान गरी स्थानीयको जीवन सहज बनाउनेतर्फ केन्द्रित व्यक्तिलाई मतदान गर्ने स्थानीय खट्टर सदाले बताउनुभयो ।

इनरुवा नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भए पनि अहिलेसम्म सदा बस्तीका बालबालिका खुला स्थानमा दिसापिसाब गर्न बाध्य रहेका स्थानीयले बताएका छन् । निर्वाचनका बेलामा खुट्टा ढोग्दै मत माग्न आउने नेता विजयी भएपछि नफर्किने भएकाले यो पटक निर्वाचनका बेला गरिएका प्रतिबद्धता कार्यान्वयन गर्ने व्यक्ति छनोट गर्ने उहाँले उल्लेख गर्नुभयो ।

विपन्न सदा समुदायका नाममा राजनीति गर्ने, चुनावी एजेण्डा बनाएर विजयी भएपछि सो समुदायका नागरिकको खबरसमेत लिन कोही नफर्किएका स्थानीयले बताएका छन् ।

“स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार केदार भण्डारी निर्वाचित हुनुभएको हो । त्यसयता उहाँ फर्किएर आउनुभएको छैन”, इनरुवा–३ का विजय सदाले भन्नुभयो । यस पटकको निर्वाचनमा सबैले मुलुक र नागरिकको हितमा काम गर्ने व्यक्ति छनोट गर्नुपर्नेमा उहाँले बताउनुभयो । रासस