२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्व रुक्मणिराज सिवाकोटीको स्मृतिमा १५ कृतिको लोकार्पण



????????, ?? ??????? ???????? ???????? ?????? ??? ???????? ???????, ???????? ??????? ??????????, ???????? ????? ???????????? ?????? ?????????? ?????? ????? ????? ???????? ?????? ????????, ???????????? ?????????? ??? ?????????? ?????????? ‘?????? ??? ?????? ?????? ??? ????????’ ???????? ‘????? ??? ??’ ???? ????? ???? ?????? ??? ? ??????? ???????? ???????? ?????????? ????? ??????? ???????????? ??????????? ??????????? ???????, ???????????????????? ???? ??????, ????? ??????????, ???????????? ?? ???????????? ??????????????? ? ??????? ?????????? ?????÷????
अ+ अ-

काठमाडौँ। स्व रुक्मणिराज सिवाकोटीको स्मृतिमा १५ कृतिको लोकार्पण गरिएको छ । आज यहाँ रुक्मणिराज सिवाकोटी स्मारक कोष, ज्ञानगुन प्रकाशन, ज्ञानगुन साहित्य प्रतिष्ठान, ज्ञानगुन कानुन प्रतिष्ठानले संयुक्त कार्यक्रम गरी १५ वटा कृतिको लोकार्पण गरिएको हो ।

दोलखा जिल्लाका अग्रणी समाजसेवी, शिक्षाप्रेमी व्यक्तित्व स्व सिवाकोटीको ‘स्मृति सभा सम्मान समर्पण तथा लोकार्पण’ कार्यक्रमका अवसरमा विभिन्न विधामा लेखिएका १५ पुस्तक लोकार्पण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानमार्फत साहित्य, कानुन लगायतका विषयमा विभिन्न पुस्तक प्रकाशन गर्दै आएकामा पूर्वन्यायाधीश शेषराज सिवाकोटीलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “सिवाकोटीज्यूले आफ्नै खर्चमा विविध विषयका पुस्तक प्रकाशित गर्दै आउनुभएको छ ।

उहाँका कृतिबाट युवादेखि अनुसन्धानकर्मी सबैले ज्ञान आर्जन गर्न सक्छन्, यो निकै उत्साहजनक विषय हो ।” शेषराज सिवाकोटी स्वर्गीय रुक्मणिराज सिवाकोटीको छोरा हुनुहुन्छ ।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री सिपी मैनालीले नेपाली साहित्य, वाङ्मय एवं कानुन क्षेत्रमा रुक्मणिराज सिवाकोटी स्मारक कोष, ज्ञानगुन प्रकाशन, ज्ञानगुन साहित्य प्रतिष्ठान, ज्ञानगुन कानुन प्रतिष्ठानले निकै महत्त्वपूर्ण भूमिका खेल्दै आएको भन्दै प्रशंसा गर्नुभयो ।

कार्यक्रममा साहित्यिक, कानुनी तथा शैक्षिक क्षेत्रमा सक्रिय व्यक्तिहरू वरिष्ठ साहित्यकार डा गोविन्दराज भट्टराई, आलोक चालिसे, महेश प्रसाईं, नारायणी मेमोरियल फाउन्डेसनका संस्थापक अध्यक्ष नरेन्द्रप्रसाद पाठक, प्राणीशास्त्री वैज्ञानिक डा मुकेशकुमार चालिसेलगायतलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

स्व सिवाकोटीको स्मृतिमा यस्तै कार्यक्रम हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठानका सञ्चालक एवं पूर्वन्यायाधीश शेषराज सिवाकोटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रतिष्ठानले साहित्यिक, कानुनी तथा शैक्षिक क्षेत्रमा सक्रिय व्यक्तिहरूका रचना र लेखलाई बर्सेनि प्रकाशित गर्दै आएको छ । उत्कृष्टलाई सम्मानित गर्दै आएको छ । हाम्रो अभियान निरन्तर रहनेछ ।” रासस