३ भाद्र २०८३, बुधबार
,
Latest
बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीआरसी स्क्वास शुक्रबारदेखि



अ+ अ-

काठमाडौं । नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा पीआरसी खुला स्क्वास प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । पशुपति रोड क्यारियर (पीआरसी) को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा ३ स्पर्धामा प्रतिस्पर्धा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका महासचिव सुरेश गुरुङले जानकारी गराए ।

पुरुष/महिला सिंगल्स तथा मास्टर्स ४५ वर्षमाथि उमेरसमूहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा ६० खेलाडीको सहभागिता रहने छ । बेलायतको ब्रिटिस गोर्खा आर्मीबाट पनि १० खेलाडी प्रतियोगिताका लागि नेपाल आउने बताइएको छ । पाँचदिने प्रतियोगिताका खेलहरु सातदोबाटोमा हुने छ ।