३ भाद्र २०८३, बुधबार
,
Latest
कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश खेलाडी छनोट



अ+ अ-

भक्तपुरकी अस्मिता दुवाल चौथो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि भइरहेको बागमती प्रदेश खेलाडी छनोट प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेकी छन् । भक्तपुरमा जारी प्रतियोगिताको महिला ४८ केजी सेमिफाइनलमा अस्मिताले रामेछापकी सरस्वती बोहरालाई पराजित गरिन् । पुरुष ५२ केजीमा काठमाडौंका मदनकृष्ण डंगोलले मकवानपुरका बुद्ध लामालाई हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।

५६ केजीमा नुवाकोटका प्रशान्त लामाले काठमाडौंका सविन रजक र सिन्धुपाल्चोकका शक्ति लामाले रामेछापका अजय तामाङ, ६० केजीमा काभ्रेका सुरोज महर्जनले चितवनका विराज कार्की र काठमाडौंका मौसम राना मगरले सिन्धुपाल्चोकका अंकित शाही तथा ६४ केजीमा नुवाकोटका सौरव विमलीले रामेछापका सुमन श्रेष्ठ र काठमाडौंका अश्विन श्रेष्ठले चितवनका विवेक गुरुङलाई निराश पार्दै फाइनलमा स्थान बनाए ।

पुरुष ६९ केजीमा भक्तपुरका समन गोसाईंले चितवनका आदर्श सिग्देल तथा ७५ केजीमा सिन्धुपाल्चोकका कोशिस श्रेष्ठले रामेछापका श्रीयन्स प्रजापतिलाई पन्छ्याउदै फाइनल यात्रा तय गरे । प्रतियोगिता बिहीबार सम्पन्न हुने छ ।