१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश खेलाडी छनोट



अ+ अ-

भक्तपुरकी अस्मिता दुवाल चौथो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि भइरहेको बागमती प्रदेश खेलाडी छनोट प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेकी छन् । भक्तपुरमा जारी प्रतियोगिताको महिला ४८ केजी सेमिफाइनलमा अस्मिताले रामेछापकी सरस्वती बोहरालाई पराजित गरिन् । पुरुष ५२ केजीमा काठमाडौंका मदनकृष्ण डंगोलले मकवानपुरका बुद्ध लामालाई हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।

५६ केजीमा नुवाकोटका प्रशान्त लामाले काठमाडौंका सविन रजक र सिन्धुपाल्चोकका शक्ति लामाले रामेछापका अजय तामाङ, ६० केजीमा काभ्रेका सुरोज महर्जनले चितवनका विराज कार्की र काठमाडौंका मौसम राना मगरले सिन्धुपाल्चोकका अंकित शाही तथा ६४ केजीमा नुवाकोटका सौरव विमलीले रामेछापका सुमन श्रेष्ठ र काठमाडौंका अश्विन श्रेष्ठले चितवनका विवेक गुरुङलाई निराश पार्दै फाइनलमा स्थान बनाए ।

पुरुष ६९ केजीमा भक्तपुरका समन गोसाईंले चितवनका आदर्श सिग्देल तथा ७५ केजीमा सिन्धुपाल्चोकका कोशिस श्रेष्ठले रामेछापका श्रीयन्स प्रजापतिलाई पन्छ्याउदै फाइनल यात्रा तय गरे । प्रतियोगिता बिहीबार सम्पन्न हुने छ ।