३ भाद्र २०८३, बुधबार
,
Latest
कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली पासपोर्ट बोकेका रोनाल्डिन्हो पाराग्वेमा पक्राउ



अ+ अ-

असन्सियोन । ब्राजिली फुटबल लिजेन्ड रोनाल्डिन्हो पक्राउ परेका छन् । नक्कली पासपोर्ट बोकेर पाराग्वे छिरेको आरोपमा रोनान्डिन्होसँगै उनका दाजु रोबर्टो डी असिसलाई पाराग्वेको राजधानी असन्सियोनमा प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई रिसोर्ट याट एन्ड गल्फ क्लबबाट पक्राउ गरिएको पाराग्वेका गृहमन्त्री युक्लिडेस एसेभेडोले जानकारी दिएका छन् । गृहमन्त्री युक्लिडेसले भने, ‘म रोनाल्डिन्होको लोकप्रियताको कदर गर्छु तर तपाईँ जो भए पनि कानुनको सम्मान गर्नै पर्छ ।’ उनले यसबारेमा अनुसन्धान भइरहेको पनि बताए ।

पाराग्वे र ब्राजिलका सञ्चारमाध्यमले जनाएअनुसार उनीहरुलाई असन्सियोनकै होटेलमा प्रहरीको निगरानीमा राखिएको छ । रोनाल्डिन्होको करियरबारे लेखिएको पुस्तकको प्रचार र बालबालिकालाई सहयोगका लागि आयोजना गरिएको एउटा च्यारिटी कार्यक्रमका लागि उनीहरु पाराग्वे आएका थिए ।

पासपोर्टका कारण रोनाल्डिन्हो विवादमा आएको यो पहिलो पटक भने होइन । यसअघि दाजु असिससँगै रोनाल्डोले अदालतमा जरिवाना नतिरेकाले उनीहरुको पासपोर्ट खोसिएको थियो । १० महिनाको विदेश यात्राको प्रतिबन्धपछि गत सेप्टेम्बरमा मात्रै उनीहरुलाई पासपोर्ट फिता गरिएको थियो ।

सन् २००२ मा विश्वकपको उपाधि जित्ता उनी टिमको महत्वपूण सदस्य थिए । दुई पटक फिफा वर्ष खेलाडीको अवार्ड जितेका रोनाल्डिन्होले सन् २०१८ मा सन्यास लिएका थिए ।