१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली पासपोर्ट बोकेका रोनाल्डिन्हो पाराग्वेमा पक्राउ



अ+ अ-

असन्सियोन । ब्राजिली फुटबल लिजेन्ड रोनाल्डिन्हो पक्राउ परेका छन् । नक्कली पासपोर्ट बोकेर पाराग्वे छिरेको आरोपमा रोनान्डिन्होसँगै उनका दाजु रोबर्टो डी असिसलाई पाराग्वेको राजधानी असन्सियोनमा प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई रिसोर्ट याट एन्ड गल्फ क्लबबाट पक्राउ गरिएको पाराग्वेका गृहमन्त्री युक्लिडेस एसेभेडोले जानकारी दिएका छन् । गृहमन्त्री युक्लिडेसले भने, ‘म रोनाल्डिन्होको लोकप्रियताको कदर गर्छु तर तपाईँ जो भए पनि कानुनको सम्मान गर्नै पर्छ ।’ उनले यसबारेमा अनुसन्धान भइरहेको पनि बताए ।

पाराग्वे र ब्राजिलका सञ्चारमाध्यमले जनाएअनुसार उनीहरुलाई असन्सियोनकै होटेलमा प्रहरीको निगरानीमा राखिएको छ । रोनाल्डिन्होको करियरबारे लेखिएको पुस्तकको प्रचार र बालबालिकालाई सहयोगका लागि आयोजना गरिएको एउटा च्यारिटी कार्यक्रमका लागि उनीहरु पाराग्वे आएका थिए ।

पासपोर्टका कारण रोनाल्डिन्हो विवादमा आएको यो पहिलो पटक भने होइन । यसअघि दाजु असिससँगै रोनाल्डोले अदालतमा जरिवाना नतिरेकाले उनीहरुको पासपोर्ट खोसिएको थियो । १० महिनाको विदेश यात्राको प्रतिबन्धपछि गत सेप्टेम्बरमा मात्रै उनीहरुलाई पासपोर्ट फिता गरिएको थियो ।

सन् २००२ मा विश्वकपको उपाधि जित्ता उनी टिमको महत्वपूण सदस्य थिए । दुई पटक फिफा वर्ष खेलाडीको अवार्ड जितेका रोनाल्डिन्होले सन् २०१८ मा सन्यास लिएका थिए ।