२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिर १७ मा ‘उज्यालो नेपाल पार्टी’ औपचारिक रूपमा घोषणा हुने



फाइल फोटो
अ+ अ-

काठमाडौँ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी आगामी मंसिर १७ गते औपचारिक रूपमा सार्वजनिक हुने भएको छ।

शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले सो दिन दिउँसो १ बजेदेखि ४ बजेसम्म कमलादीस्थित प्रज्ञा भवनमा भव्य घोषणासभा आयोजना गरिने जानकारी दिएको छ।

घोषणासभाका प्रमुख अतिथि ऊर्जामन्त्री कुलमान घिसिङ रहने छन्। कार्यक्रममार्फत पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय तथा विस्तृत घोषणापत्र–२०७९र८२ सार्वजनिक गरिने पार्टीले जनाएको छ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिअनुसार उज्यालो नेपाल पार्टीले समान दृष्टिकोण भएका नयाँ तथा वैकल्पिक राजनीतिक दल, संघ–संस्था, सरोकारवाला समूह र व्यक्तिहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

‘हामी दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै आएका होइनौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीसँग उज्यालो सपनालाई साकार पार्न सक्ने नेतृत्व, कार्यकुशलता र अनुभव छ। आम नेपाली जनताले विश्वास गरेको, कामबाट प्रमाणित नेतृत्व हाम्रो सबैभन्दा ठूलो पूँजी हो।’

पार्टीले आफू नयाँ राजनीतिक विकल्पका रूपमा उदाउँदै देशको रूपान्तरणका लागि प्रभावकारी भूमिका खेल्ने दाबी गरेको छ।