९ श्रावण २०८३, शनिबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उडान नियम उल्लंघन आरोपमा नेपाल वायुसेवा निगमका दुई पाइलट ग्राउन्डेड



अ+ अ-

काठमाडौँ । उडान सञ्चालन सम्बन्धी सुरक्षा नियम उल्लंघन गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका दुई पाइलटलाई ग्राउन्डेड गरेको छ।

प्राधिकरणको फ्लाइट अपरेसन डिभिजनले शुक्रबार निगमलाई पत्राचार गर्दै वाइडबडी विमानका क्याप्टेन विजय लामा र क्याप्टेन सोनी राणालाई कारबाहीस्वरूप अर्को निर्णय नआएसम्मका लागि उडान ड्युटीबाट हटाउन निर्देशन दिएको हो।

उडानमा रहेर फोटो तथा भिडियो खिचेको अभियोगमा दुवै पाइलटलाई रोस्टर–अफ गरिएको पत्रमा उल्लेख छ।

निगमको फ्लाइट अपरेसन डिभिजन प्रमुख पाइलट संगम कार्कीले हस्ताक्षर गरेको निर्देशन अनुसार, उनीहरूलाई अर्को सूचना जारी नभएसम्म सक्रिय उडानमा सहभागी गराउन नहुने स्पष्ट गरिएको छ।

नेपालका प्रचलित उड्डयन सुरक्षा नियमअनुसार ककपिटमा अनधिकृत गतिविधि, विशेषगरी उडान क्रममा फोटोरभिडियोग्राफी गर्नु सुरक्षा मानकविरुद्ध मानिन्छ।

युट्युबरसमेत रहेका क्याप्टेन विजय लामामाथि यसअघि पनि यस्तै आरोपमा कारबाही भइसकेको छ।

प्राधिकरणले उनलाई यसै अभियोगमा चौथो पटक कारबाही गरेको हो। १८ महिनाअघि यस्तै गतिविधिका कारण ग्राउन्डेड भएका लामा माफी मागेपछि उडान अनुमति फुकुवा गरिएको थियो।

प्राधिकरणका अनुसार क्याप्टेन लामाले टेकअफ तथा ल्याण्डिङका बेला समेत भिडियोग्राफी गरेको गुनासो प्राप्त भएकाले यसबारे थप छानबिन अघि बढाइने बताइएको छ।