१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले निर्वाचनको वातावरण बनाउनुुपर्छः नेता डा रावल



अ+ अ-

कैलाली। नेपाली कम्युनिष्ट पार्टीका नेता डा भिम रावलले अन्तरिम सरकारले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न वातावरण बनाउनुुपर्ने बताउनुुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशले यही मङ्सिर १२ गते धनगढीमा आयोजना गर्न गइरहेको पार्टी एकता सन्देशसभाको तयारीबारे जानकारी गराउन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता डा रावलले आन्दोलनमा खोसिएका बन्दुक, गोलीलगायत हातहतियार यथा समयमा फिर्ता गराउनुपर्ने बताउनुुभयो ।

नेपाली जनतालाई निर्धक्कसँग उनीहरुको पेशा, व्यवसाय, राजनितिलगायत कुरा शान्तिपूर्ण रुपमा नेपालको संविधानले दिएको हक अधिकार बमोजिम उपभोग गर्ने वातावरण बनाउनुुपर्ने उहाँको भनाइ थियो ।

पार्टी एकतापछि विभिन्न सन्देश जनसमुुदायसम्म पुर्याउन कार्यक्रम आयोजना गर्न लागिएको नेता रावलले बताउनुभयो । रासस