१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै

मुलुकभर सभा सम्मेलनमा अनिश्चितकालीन रोक

मुलुकभर सभा सम्मेलनमा अनिश्चितकालीन रोक
अ अ+ अ-

काठमाडौं । सरकारले नेपाल र भारतसँग सीमा जोडिएका जिल्लामा उच्च सतर्कता अपनाउन जिल्लास्थित कार्यालयलाई निर्देशन दिएको छ । विश्वभर कोरोना भाइरस संक्रमण फैलिरहेको बेला सरकारले भीडभाड तथा सभा सम्मेलन नगर्न निर्देशन दिएको हो । चीनबाट फैलन सुरु भएको कोरोना भाइरस भारतका केही स्थानमा समेत देखिन थालेपछि सरकारले दुवै मुलुकको सीमा क्षेत्रमा उच्च स्वास्थ्य सतर्कता अपनाउन आह्वान गरेको छ । संक्रमण भित्रिन नदिन नेपाल–भारतका ३७ सीमा नाकामा पनि चेकजाँच गर्ने निर्णय सरकारले गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले त्रिभुवन विमानस्थलमा भइरहेको चेकजाँचलाई अझ व्यवस्थित बनाउने निर्णय गरेको छ ।

यस्तै, आउजाउ हुने चीन र भारतका ३७ वटा नाकामा स्वास्थ्य टोली खटाएर चेकजाँच गर्ने निर्णय गरेको छ । सरकारले प्रदेशहरूमा टोली पठाइसकेको छ भने अन्य नाकाका लागि पनि टोली पठाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यसैगरी, बाग्मती प्रदेशका १३ वटै जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र स्वास्थ्यकर्मीलाई नोबेल कोरोना भाइरसविरुद्ध तयारी अवस्थामा राखिएको राजधानीकर्मी सरिता दाहालले जानकारी दिइन् । सामाजिक विकास मन्त्रालय मातहतका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई भाइरसविरुद्ध सचेत पार्दै तयारी अवस्थामा राखिएको हो ।

भाइरसको संक्रमण प्रदेशमा फैलन नदिन स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी तयारी हालतमा राखिएको स्वास्थ्य निर्देशनालय हेटौंडाले जानकारी दिएको छ । बाग्मती प्रदेश मातहतका ८ वटा अस्पताल, १३ वटा जिल्लाका स्वास्थ्य कार्यालय र १३ वटै जिल्लाका आयुर्वेद संस्थालाई सचेत रहँदै शंकास्पद बिरामीलाई उपचारको व्यवस्था मिलाउन निर्देशन दिइएको निर्देशनालयका निर्देशक रमेशप्रसाद अधिकारीले बताए । बाग्मती प्रदेश सरकारले रसुवा अस्पतालबाट केरुङ नाकामा चिकित्सक खटाएको निर्देशक अधिकारीले बताए । त्यसैगरी, तातोपानी नाकामा पनि यसका शंकास्पद विरामी आइहालेमा उपचार गर्ने व्यवस्था मिलाइनुका साथै दुईवटा एम्बुलेन्स तयारी हालतमा राखिएको उनले बताए ।

मकवानपुर जिल्ला प्रशासन कार्यालयले भीडभाड हुने सभा सम्मेलनलगायत कार्यक्रम सञ्चालन गर्न पनि रोक लगाएको छ । यस्तै, काठमाडौं जिल्ला प्रशासन कार्यालय र ललितपुरले छुट्टाछुट्टै सूचना जारी गरी जिल्लाभित्र भीडभाड हुने भेला, सभा, सम्मेलन जस्ता कार्यक्रम नगर्न सबैमा अनुरोध गरेको छ । दुवै जिल्लामा अर्को निर्णय नभएसम्मका लागि भन्दै अनिश्चितकालीन रोक लगाइएको हो । काठमाडौंका प्रशासकीय अधिकृत मानबहादुर बुढा र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बुधबार सूचना जारी गरेका हुन् । यस्तै, प्यूठान जिल्ला प्रशासन कार्यालयले पनि सबै स्थानीय तह तथा जिल्लास्थित सबै कार्यालयलाई पत्राचार गर्दै सभा, सम्मेलन तथा भीडभाड जम्मा हुने कार्यक्रम स्थगित गर्न निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्तले बुधबार पत्राचार गर्दै सबै कार्यक्रम सञ्चालनमा रोक लगाएका हुन् । यसैगरी, दार्चुला जिल्ला अस्पतालले सावधानी अपनाउन आह्वान गरेको राजधानीकर्मी नरेन्द्र कार्कीले जानकारी दिए । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजन वाडेले बिहीबार विज्ञप्ति निकालेर यस्तो जानकारी गराएका हुन् । यसैगरी, सिन्धुपाल्चाक जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्ति जारी गरी जिल्लामा सभा, सेमिनार, गोष्ठी, मेला, पर्व, महोत्सव, भोजभतेर, होलीजस्ता भीडभाड हुने कार्यक्रममा रोक लगाइएको राजधानीकर्मी दिनेश थापाले जनाएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले विज्ञप्ति जारी गरी यस्तो कार्यमा सहभागी नहुन अनुरोध गरेका छन् ।

यसैगरी, काभ्रे जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भीडभाड हुने कार्यक्रमहरू स्थगन गर्न र कार्यक्रममा सहभागी नहुन सबैमा अनुरोध गरेको राजधानीकर्मी सुरज श्रेष्ठले बताए । प्रमुख जिल्ला अधिकारी उद्धव केसीको अध्यक्षतमा बसेको सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसैगरी, नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेको अध्यक्षतामा बुधबार बसेको सुरक्षा समितिको बैठकले कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न आठ बुँदे निर्देशन जारी गरेको राजधानीकर्मी शोभा जीसीले जानकारी दिइन् । जिल्लामा कुनै पनि सभा सम्मेलनजस्ता भीडभाड हुने कार्यक्रम सञ्चालनमा रोक लगाएको छ । यस्तै, कोरोना भाइरसको संक्रमणका कारण अहिले संखुवासभाका १० वटै स्थानीय तहमा तय गरिएका कार्यक्रम गर्न रोक लगाउन निर्देशन दिइएको राजधानीकर्मी भविन कार्कीले बताए ।

प्रमुख जिल्ला अधिकारी जीवनप्रसद दुलालले संक्रमण हुनबाट बच्ने उपायहरूको पालना गर्न र भीडभाड हुने कार्यक्रममा सहभागी नहुन सबैमा आह्वान गरेका छन् । भोटखोला गाउँपालिका ची सँग जोडिएका कारण सचेत रहन प्रशासनले आग्रह गरेको हो । यसैगरी, स्याङ्जामा पनि अर्को निर्णय नभएसम्मका लागि मेला, महोत्सव, सम्मेलन लगायत कार्यक्रम नगर्न अनुरोध गरेको प्रशासन कार्यालयले निर्देशन दिएको राजधानीकर्मी कृष्ण सिग्देलले जानकारी दिए । कोभिड—१९ का बारेमा हरेक स्थानीय तहका स्वास्थ्य शाखाबाट जनचेतामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णयसँगै जिल्ला अस्पताल, जनस्वास्थ्य कार्यालय, स्वास्थ्य चौकीहरूलाई तयारी अवस्थामा रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए ।

यस्तै, जिल्ला प्रशासन कार्यालय पाल्पाले बिहीबार सूचना जारी गर्दै सार्वजनिक समारोह नगर्न अनुरोध गरेको राजधानीकर्मी किरण कौशलले बताएका छन् । प्रशासकीय अधिकृत रमा श्रेष्ठले जारी गरेको सूचनामा जिल्लाका स्वास्थ्य संस्थाहरूमा रोकथामका लागि पूर्वतयारी तथा सचेतना कार्यक्रम सञ्चालन गर्न भनिएको छ । यस्तै, धनगढी उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथामका लागि भीडभाड हुने कुनै पनि गतिविधि नगर्न सूचना जारी गरेको छ । नगरप्रमुख नृपबहादुर ओडले नगरवासीमा अपिल गर्दै संक्रमणको जोखिमबाट बच्ने उपाय अवलम्बन गर्न आह्वान गरेका हुन् ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय मोरङले पनि बिहीबार सूचना जारी गरी संयमता अपनाउन आह्वान गरेको मोरङस्थित राजधानीकर्मी सुदीप कोइरालाले जानकारी दिए । जिल्लाभित्र कुनै पनि सभा समारोह नगर्न जिल्ला प्रशासनले आह्वान गरेको छ । यसैगरी, उदयपुर जिल्ला प्रशासन कार्यालयले पनि सभा सम्मेलन गर्न रोक लगाएको उदयपुरस्थित राजधानीकर्मी ईश्वर तामाङले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बिहीबार विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि सभा सम्मेलन तथा भीडभाड हुने कार्यक्रम नगर्न निर्देशन दिएको छ ।

यस्तै, इलाम जिल्ला प्रशासन कार्यालयले पनि जिल्लामा भीडभाड हुने किसिमका कुनै पनि कार्यक्रम सञ्चालनमा रोक लगाएको इलामस्थित राजधानीकर्मी भगीरथ भण्डारीले बताएका छन् । राजधानी दैनिक