१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै

कोरोना रोकथाममा सरकारको तिव्र तयारी

कोरोना रोकथाममा सरकारको तिव्र तयारी
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा थप कडाइ गरेको छ। भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार रक्षा मन्त्रालयमा बसेको बैठकले सीमामा आवागमन कम गर्ने र निकासी नियन्त्रण गर्ने निर्णय गरेको हो। बैठकले मास्क र औषधि आपूर्तिमा समस्या हुन नदिन उत्पादन बढाउन र भारतबाट औषधि तथा अत्यावश्यक सामग्री आयात गर्न सम्बद्ध निकायलाई निर्देश गरेको छ। नेपालमा कोभिड–१९ संक्रमण भइनसकेकाले नाका व्यवस्थित गर्न तयारी अघि बढाइएको बैठकपछि समितिका संयोजक तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बताए।

नेपाल–भारतबीच ३७ नाकामा स्वास्थ्यकर्मी खटाइसकेको छ। अन्य नाकामा पनि सुरक्षाकर्मी राखिने र त्यहाँ कोरोना परीक्षण व्यवस्थित गर्ने सरकारी योजना छ। बैठकले कृत्रिम अभाव हुन नदिन विशेष ध्यान दिने निर्णय बैठकले गरेको छ। बैठकमा अन्य मन्त्री, सुरक्षा निकाय प्रमुखसमेत उपस्थित थिए। रक्षामन्त्री पोखरेलले नेपाली सेनालाई चनाखो हुन निर्देशन दिएका छन्। यसैगरी नेपालले अत्यावश्यक औषधि मागेमा भारत सरकारले आपूर्ति गर्ने आश्वासन दिएकाले औषधि अभाव नहुने पोखरेलले जानकारी दिए। उपप्रधान मन्त्री पोखरेललाई बिहीबार नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेटका क्रममा यस्तो जानकारी दिएका हुन्।

उनले महामारीका बेला छिमेकीहरू सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए। रक्षामन्त्री पोखरेलले नेपाल उद्योग वाणिज्य महासंघसँग समन्वय गरी छिटोभन्दा छिटो मास्क उत्पादन बढाउने निर्णय भएको पनि बताए। बैठकले स्वास्थ्य परीक्षणलाई सहज बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ। भेला हुन, भीडभाड नगर्न र भोजभेतरमा सामेल नहुन सरकारले आग्रह गरेको छ। कुनै पनि नाका वा विमानस्थलमा समस्या देखिएमा विदेशी वा स्वदेशीलाई तत्काल क्वारेन्टाइनमा राख्ने र उनीहरुको सम्पर्कमा रहेकालाई पनि निगरानी गर्ने संयन्त्र तयार पारिएको बताइएको छ।

सरकारले यसअघि नै अनअराइभल भिसा उपलब्ध नगराउने र आउने हरेक यात्रुका स्वास्थ्य परीरक्षण समेत गर्ने गरेको थियो। यसैगरी नियन्त्रण र रोकथामका लागि विश्व बैंकबाट सहायता लिने संक्रमित मुलुकमा स्वास्थ्य सचेतनासम्बन्धी काम गर्ने निर्णय पनि सरकारले गरेको छ। प्रदेश सरकार र स्थानीय तहलाई आपूर्ति व्यवस्थाका लागि अनुरोध गर्नेलगायतका निर्णय समेत बैठकले गरेको छ। अन्नपुर्णपोष्ट दैनिक