२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पद चाहिँदैन, सक्रिय राजनीति गर्न दिनुस्, कुनै जेन–जी भन्दा कम छैनौँः संयोजक दाहाल



अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सक्रिय राजनीतिक गर्ने वातावरण बने पदमा रही रहनुपर्छ भन्ने मानसिकतामा आफूहरु नरहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले उमेरको हिसावले धेरैजसो नेताहरु उत्तराद्र्धमा रहेको बताउनु भयो । तर राष्ट्रप्रतिको जिम्मेवारी, राष्ट्र जसरी भएपनि बचाउनुपर्छ, समाजवादको यात्रा जसरी पनि अगाडि बढाउनुपर्छ भन्नेकुरामा जेन–जी युवा भन्दा कम नरहेको बताउनु भयो । अन्तिम समयसम्म आफूहरु सक्रिय भुमिका निर्वाह गर्ने आकंक्षामा रहेको बताउनु भयो । जेन–जीलाई सही बाटोमा ल्याइ समाजवादी क्रान्ति सम्पन्न गर्ने आफूहरुको चाहना रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हुनतः हामी उमेरको हिसावले धेरैजसो नेताहरुले यहाँ अहिलेको उपस्थित छौँ । हामी उत्तराद्र्धतिर छौँ । तर राष्ट्रप्रतिको जिम्मेवारी, यो राष्ट्र जसरी भएपनि बचाउनुपर्छ, समाजवादको यात्रा जसरी पनि अगाडि बढाउनुपर्छ भन्नेकुरामा हामी कुनै जेन–जी युवा भन्दा कम पनि छैनौँ । अन्तिम समयसम्म हामी त्यो भुमिका पूरा गर्न चाहन्छौँ । जेन–जी युवाहरुको असली अभिभावक बन्न चाहन्छौँ । उनीहरुलाई सही बाटोमा ल्याउने र त्यो तागतलाई जोडेर समाजवादी क्रान्ति सम्पन्न गर्न चाहन्छौँ । यसो भन्दै गर्दा पदमा बसिराख्न खोजे भन्ने होलान् । हामी पद भइराख्नुपर्छ भन्ने छैन । हामीलाई सक्रिय राजनीतिक गर्ने वातावरण बन्यो भने पद हाम्रो लागि ठूलो कुरा होइन ।’

संयोजक दाहालले आफूहरुको एकता एउटा आन्दोलन भएको बताउनु भयो । आफूहरुको उद्देश्य निर्वाचनको वातावरण बनाउनु रहेको पनि बताउनु भयो । नेपाली कम्युनिष्ट पार्टीले युवाहरुको आवाजलाई मुखरित गर्ने बताउनु भयो ।




भर्खरै