१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै

होलीमा सतर्क रहन सुझाव

होलीमा सतर्क रहन सुझाव
अ अ+ अ-

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण विश्वव्यापी बन्दै गएको र नेपालमा समेत उच्च जोखिम रहेकाले यसपालिको फागु पर्व मनाउँदा सतर्क हुनुपर्ने भएको छ । कोरोना सङ्क्रमणको जोखिम चिसोमा बढी हुने र धेरै मानिस जमघट हुँदा सर्ने सम्भावना बढी हुने भएकाले फागुमा पानीका लोला हान्ने, पिचकारीले छ्याप्ने र ठूलो जमघटका साथ रङ दल्ने/खेल्ने काम नगर्न आग्रह गरि एको छ । विगत वर्षमा फागुका कार्यक्रम आयोजना गर्ने विभिन्न संस्थाले कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर फागुका कार्यक्रम रद्द गरेका छन् । हुलमुलमा होली नखेल्न सबैलाई आग्रह
गरिएको छ । बर्सेनि होली पर्व आयोजना गर्दै आएकी नायिका करिश्मा मानन्धर ले यो वर्ष होली कार्यक्रम रद्द गरेकी छिन् ।

एभिन्युज टेलिभिजनले होली हङ्गामा कार्यक्रम रद्द गरेको छ । संस्कृतिविद् डा. सत्यमोहन जोशीले मेलमिलापको पर्व फागु पानी र रङ खेलेरै मनाउनुपर्छ भन्ने छैन भन्दै यस वर्ष कोरोनाको त्रास र हेकाले अबिर को टीका मात्र लगाएर मनाउन सुझाए । संस्कृतिविद् गणेशराम लाछीले फागु पर्व नेपालीको संस्कृति भएकाले यसको संरक्षण गर्नुपर्छ तर त्यसका लागि जीवन चाहिन्छ भन्दै जीवन र क्षाका लागि अहिले कोराना सङ्क्रमणबाट जोगिन सतर्क हुनुपर्ने समय हो भने ।जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले नेपाल हालसम्म कोरोनामुक्त देश भए पनि सबैमा त्रासको वातावरण र हेको बताउँदै फागु पर्वमा भीडभाडमा होली खेल्दा सङ्क्रमणको खतरा हुने भएकाले आफ्नो घर मा मात्र खेल्न सुझाएका छन् ।

कोरोना त्रासकै कारण अहिले सरकारी, गैर सरकारी, अन्तर्राष्ट्रिय समुदाय, राजनीतिक दल र सङ्घसंस्थाले सार्वजनिक कार्यक्रम रद्द गरेका छन् । सरकार ले गत आइतबार सभा, सम्मेलन लगायतका कार्यक्रम नगर्न आह्वान गरेसँगै त्यसको कार्यान्वयन गर्न थालिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पूर्वनिर्धारित प्रदेशस्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । फागुन १९ मा बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले प्रदेशभरि मेला महोत्सव गर्न रोक लगाएको छ ।

प्रदेश ५ सर कार ले आगामी वैशाख ४ र ५ गते गर्ने भनिएको लगानी सम्मेलन स्थगित गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११०औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका सम्बन्धमा तय भएको औपचारि क कार्यक्रम रद्द गरेको छ । शिक्षा मन्त्रालयले विद्यालयमा सभा, समारोह, वार्षिक उत्सव लगायतका भेला हुने कार्यक्रम नगर्न आग्रह गरि सकेको छ । गोरखापत्र दैनिक