१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रव्यापी कुङफु शनिबारदेखि



अ+ अ-

काठमाडौं । बाल विकास बोर्डिङ हाइ स्कुलको आयोजनामा प्रथम बाल विकास राष्ट्रव्यापी अन्तरविद्यालय कुङफु प्रतियोगिता शनिबारदेखि हुने भएको छ । आयोजक बाल विकासको २५ औं स्थापना दिवसका अवसरमा हुन लागेको प्रतियोगितामा सान्डामा २० र थाउलोमा १२ गरी ३२ स्पर्धामा प्रतिस्पर्धा हुने बाल विकासका प्रिन्सिपल महेशकुमार श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । विभिन्न ४२ विद्यालयका करिब ४ खेलाडीको सहभागिता रहने छ ।

उपत्यका बाहिरबाट आउने खेलाडीलाई खाना र बस्न आयोजकले व्यवस्था गर्ने छ । बूढानीलकण्ठ नगरपालिका वार्ड नं. १, ३ र ५ को प्रायोजनमा हुन लागेको प्रतियोगिताका खेलहरु बूढानीलकण्ठस्थित आयोजककै हातामा हुने छ । दुईदिने प्रतियोगितामा नेपाल कुङफु संघको प्राविधिक सहयोग रहने छ ।