१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बल्खुस्थित अव्यवस्थित अस्थायी टहरा काठमाडौं महानगरले भत्कायो (तस्बिरहरु)



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं. १४ बल्खुस्थित अव्यवस्थित टहरा भत्काएको छ ।

बल्खुको जनविकास माध्यमिक विद्यालय आसपासमा बाढीपीडित सुकुम्वासीहरूले बनाएका अस्थायी टहराहरू भत्काएको हो ।

प्रभावित परिवारहरूले भने बस्ती फर्कने व्यवस्था नभएकाले यो कदम अन्यायपूर्ण भएको बताएका छन् । महानगरका अनुसार यी टहराहरू सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका थिए । विद्यालय सञ्चालनमा बाधा पु¥याइरहेका थिए । यो घटना महानगरपालिकाको अनधिकृत संरचना हटाउने निरन्तर अभियानको हिस्सा हो ।

तस्बिरहरु: अनुप प्रधान/ न्युज एजेन्सी नेपाल