७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन

चितवनलाई चिनाउँदै ‘चितवन राईनोज’

चितवनलाई चिनाउँदै ‘चितवन राईनोज’
अ+ अ-

चितवन । पर्यापर्यटनको क्षेत्रमा विश्वलाई चिनाएको चितवन राष्ट्रिय निकुञ्जको एक सिङ्गे गैँडा अहिले क्रिकेटको माध्यमबाट पनि चर्चामा छ । त्यही गैँडाको नामबाट स्थापित क्रिकेट क्लब ‘चितवन राईनोज’ ले खेलमार्फत् चितवन र एक सिङ्गे गैँडालाई विश्वसामु चिनाइरहेको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणबाट खेल्दै आएको चितवन राईनोज दोस्रो संस्करणमा पनि मैदानमा उत्रेको छ । हालसम्म तीन वटा खेल खेलेको राईनोजले दुई जित हासिल गर्दै अग्रस्थानमा छ ।

पहिलो संस्करणमा चौथो स्थान पाएको राईनोजले यस पटक पहिलो बन्ने दाउमा छ । चितवन मेडिकल कलेजको भगिनी संस्थाको रुपमा स्थापित चितवन राईनोजले यहाँ बन्दै गरेको गौतमबुद्ध क्रिकेट रङ्गशाला, भरतपुर महानगरसहित समग्र चितवनलाई राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा परिचित गराएको महानगर प्रमुख रेनु दाहाल बताउनुहुन्छ ।

उहाँले भन्नुभयो “अन्तरराष्ट्रियस्तरको रङ्गशाला बनिरहेको ठाउँको क्लबले ख्याती पाउदा गर्व लाग्छ ।” यहाँको खेल पर्यटनलाई चितवन राईनोजले बढावा दिने उहाँको भनाइ छ ।

खेल क्षेत्रमा महानगरले प्राथमिकता दिँदै आएको भन्दै उहाँले चितवन राईनोज महानगर र चितवनको आफ्नै क्लब भएको बताउनुभयो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले देशका आठ वटा क्लबमध्येको एक क्लब चितवनको रहनु आफैमा गर्वको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो “चितवन जिल्लाको नाममा स्थापित यो क्लब जिल्लाका लागि गौरवको विषय हो ।”

खेलले अनुशासित बनाउने भन्दै उहाँले आम जनसमुदायलाई खेलप्रति आकर्षित गर्न यस्ता क्लब सहयोगी बन्ने बताउनुभयो । चितवन राईनोज खेल्दै गर्दा यहाँका होटल, रेष्टुरेन्ट र सार्वजनिकस्थलमा खेलप्रेमी रमाइरहेको देख्न सकिन्छ ।

सडक किनारका पोलमा मात्रै होटल, रेष्टुरेन्ट र सार्वजनिकस्थलमा पनि चितवन राईनोजको लोगो अङ्कित झण्डा फहराएको देखिन्छ । जिल्ला सर्वत्र खेलमय बने जस्तो प्रतित हुन्छ ।

होटल सङ्घ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरे क्लबको नामका कारण जिल्ला र पर्यटनलाई अन्तरराष्ट्रिय रुपमा परिचित गराएको बताउनुभयो । उहाँले भन्नुभयो “चितवन राईनोज सुन्नासाथ दिमाखमा चितवन राष्ट्रिय निकुञ्ज, एक सिङ्गे गैँडाको झल्को आउँछ ।” टेलिभिजन र सामाजिक सञ्जालमार्फत् चितवन राईनोजको नाम फैलिँदै गर्दा त्यसको प्रत्यक्ष फाईदा पर्यटन क्षेत्रमासमेत पुग्ने उहाँको भनाइ छ ।

अरु विषयमा मतभेद देखिएपनि चितवन राईनोजलाई प्रेरणा दिने कुरामा सबै एक ठाउँ उभिएका छन् । बुधबारको खेलमा प्रत्यक्ष दर्शक बन्नु भएका नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल जिल्लाको ईज्जत चितवन राईनोजले बढाएको बताउनुभयो ।

अन्य क्लबहरु प्रादेशिकस्तरका भए पनि जिल्लाको नामबाट चितवन राईनोज भएको भन्दै उहाँले यहाँको खेल क्षेत्रलाई चलायमान बनाउन र राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा चितवनलाई चिनाउन क्लब सहयोगी भएको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य राजन गौतमले चितवन राईनोजले चितवन जिल्ला र यहाँको एक सिंगे गैंडालाई विश्व जगतमा चिनाएको बताउनुभयो । उहाँले भन्नुभयो “अन्तरराष्ट्रिय खेलाडी र खेलप्रेमीसम्म यहाँको पहिचान पुग्नु पर्यटन प्रबद्र्धनमा पनि ठूलो अर्थ राख्छ ।” चितवन मेडिकल कलेजले आर्थिक हिसाबले उच्च जोखिम मोल्दै क्लब स्थापना गरेको बताउँदै उहाँले यसले आम नागरिकसँग मेडिकल कलेजलाई जोड्न समेत सहयोग पुगेको बताउनुभयो ।

चितवन राईनोज क्लब चितवन मेडिकल कलेजको भगिनी संस्था हो । क्लबका अध्यक्ष आयुष न्यौपाने हुनुहुन्छ, भने निर्देशक प्रताप देवकोटा र अरुण कोईराला हुनुहुन्छ । खेल भएका दिन ६ वटा बसले यहाँका प्रशंसक खेल मैदानसम्म लैजाने र ल्याउने गरेको छ । निर्देशक देवकोटा स्वास्थ्यसँगै खेल क्षेत्रलाई प्रवद्र्धन गर्न क्लब स्थापना गरिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “आर्थिक रुपमा लाभ नभए पनि समग्र चितवनलाई चिनाउन र यहाँको खेल क्षेत्रलाई अगाडि बढाउन क्लब सहयोगी बनेको छ ।”

भरतपुर महानगरपालिकाले अन्तरराष्ट्रियस्तरको रङ्गशाला बनाइरहेको अवस्थामा चितवन राईनोजको चर्चाले क्रिकेटप्रति यहाँका जनसमुदायलाई आकर्षित गरिरहेको छ । रासस