१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

वातावरणमैत्री सीपको आवश्कतामाथि सरोकारवालाको जोड

वातावरणमैत्री सीपको आवश्कतामाथि सरोकारवालाको जोड
अ अ+ अ-

काठमाडौँ। नेपालमा वातावरणमैत्री सीपको आवश्कतामाथि सरोकारवालाहरूको जोड दिनुभएको छ ।

ग्रीन स्किल्स एड्भाइजरी बोर्ड (जिसाब) को औपचारिक शुभारम्भ गर्न आज आयोजित कार्यक्रममा वक्ताहरूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (सिटिइभिटी) प्रणालीलाई हरित सीपसँग जोड्न र दिगो रोजगारी तथा विकासलाई प्रोत्साहन गर्न सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालाले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

बोर्डले नेपालमा हरित सीपसम्बन्धी सचेतना अभिवृद्घि गर्ने, वातावरणमैत्री तालिम नीति निर्माणका लागि संवाद गर्ने, तालिम प्रवद्र्धन र रोजगारीका अवसर सिर्जना गर्न ठोस कदम चाल्ने लक्ष्य राखेको छ । विशेषगरी दिगो कृषि, वातावरणमैत्री निर्माण, पर्यटनलगायत क्षेत्रमा हरित सीपलाई प्रोत्साहन गर्ने योजनासहित यस बोर्डको स्थापना गरिएको हो ।

बोर्डको शुभारम्भ कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलले विश्वव्यापी रूपमा बढिरहेको तापक्रम, कार्बन उत्सर्जन तथा विभिन्न वातावरणीय प्रभावका कारण मानव स्वास्थ्यसहित समग्र विश्वमा गम्भीर नकारात्मक असरहरू देखापरेको बताउनुभयो ।

उहाँले शिक्षालाई सीप र सीपलाई उत्पादन र उत्पादनलाई बजारसँग जोड्दै जानुपर्ने धारणा राख्नुभयो । सचिव पौडेलले भन्नुभयो, “नेपाल सरकारले यस विषयमा नीतिगत सुधारमा काम गर्दै आइरहेको छ । सरकार र निजी क्षेत्रको साझेदारीमा सुरु भएको यो परियोजनालाई मिलेर अगाडि बढाउनु पर्दछ ।”

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तन, कार्बन उत्सर्जन र वातावरणीय चुनौतीले हामीलाई नयाँ सोच, नयाँ सीप र नयाँ अभ्यासतर्फ अघि बढ्नुपर्ने बताउनुभयो । “हाम्रा उद्योग व्यवसाय पनि वातावरणमैत्री सीपको अवलम्बन गर्न तयार हुँदैछन् ।

सीप विकासलाई वातावरणमैत्री बनाउनका लागि तालिम र रोजगारीमा योगदान गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ सदैव तयार छ,” उहाँले भन्नुभयो, “जीसाबका माध्यमबाट सार्वजनिक–निजी साझेदारीलाई अझ मजबुत बनाउन सकिन्छ र नेपालको युवा शक्ति दिगो रोजगारतर्फ उन्मुख हुनेछ र भविष्यमा हरित अर्थतन्त्रको विकासलाई यो प्रयासले पक्कै पनि टेवा पुर्‍याउनेछ ।”

नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालले सन् २०४५ सम्ममा ‘नेट–जेरो कार्बन’ उत्सर्जन हासिल गर्ने लक्ष्यलाई यो पहलले योगदान गर्ने बताउनुभयो । साथै उहाँले यस विषयमा आफ्नोतर्फबाट निरन्तर सहयोग रहने धारणा राख्नुभयो ।

सिटीइभिटीका सदस्य सचिव इञ्जिनियर महेश भट्टराईले नेपाललाई हरित सीपको माग सम्बोधन गर्न साझेदारी विकास गर्ने र कार्बन न्युट्रालिटी हासिल गर्ने राष्ट्रिय लक्ष्यमा योगदान पुर्‍याउन बोर्डले सहयोग गर्ने बताउनुभयो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले वातावरणमैत्री सीपको विकास, प्रवद्र्धन तथा कार्यान्वनमा परिसङ्घ प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपाल निर्माण व्यवसायी महासङ्घका रवि सिंहले वातावरण संरक्षण र हरित सीप आजको आवश्यकता भए पनि हरितको नाममा विकासलाई बाधा पार्न नहुने र दिगो विकासलाई प्राथमिकता राख्नुपर्नेमा जोड दिनुभयो । जिसाबका सदस्य विनोद बडालले हरित सीप नेपालको भविष्यको आवश्यकता भएको र सरकार निजी क्षेत्रबीचको सहकार्यले यसलाई अघि बढाइने बताउनुभयो ।

सो अवसरमा जिसाबका संयोजक प्रमोदभक्त आचार्यले हरित सीपको विविध विषय नेपालले गरिरहेका प्रयास आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण दिनुभएको थियो । बोर्डमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र निर्माण व्यवसायी महासङ्घ नेपालको संस्थागत प्रतिनिधित्व रहेको छ ।

सन् २०२४ को अप्रिलमा ब्रिटिस काउन्सिलको पहलमा सम्पन्न भएको सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालाको सम्मेलनले नेपालमा हरित सीप प्रवर्द्धन गर्नको लागि बेलायतको नमुनाबाट प्रेरित भई एक उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

जसाबलाई ब्रिटिस काउन्सिल नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ भने नेपाल उद्योग वाणिज्य महासङ्घले सचिवालयको भूमिका निर्वाह गर्दै सहयोग गरिरहेको छ । बेलायतस्थित एक्सटर कजेललगायत संस्थाहरूको हरित सीपसम्बन्धी अनुभव र सल्लाहमार्फत एड्भाइजरी सहयोग प्रदान गरिरहेका छन् ।रासस