१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

व्यावसायिक सीपमार्फत युवालाई आत्मनिर्भर बनाउँदै गण्डकी प्रदेश

व्यावसायिक सीपमार्फत युवालाई आत्मनिर्भर बनाउँदै गण्डकी प्रदेश
अ अ+ अ-

गण्डकी। गण्डकी प्रदेश सरकारले व्यावसायिक सीपका माध्यमबाट युवालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ विभिन्न सीपमूलक तालिम सुरु गरेको छ ।

गण्डकी प्रदेशका युवालाई आत्मनिर्भर, उद्यमशील र व्यावसायिक रूपमा सशक्त बनाउन लक्षित तीन महिनाको (३९० कार्यघण्टा) विभिन्न सीपमूलक तालिम कार्यक्रम सञ्चालन गरिएको व्यावसायिक तथा सीप विकास तालिम केन्द्र कास्कीका प्रमुख अनिल सुवेदीले जानकारी दिनुुभयो । उहाँका अनुसार केन्द्रले विभिन्न १३ शीर्षकमा तालिम सञ्चालन गर्न लागेको हो ।

तालिममा सहभागी हुनका लागि एक हजार तीन सय ५५ जनाले फाराम भरेकामध्ये २९९ जनालाई यसपटक छनोट गरिएको छ । प्रशिक्षार्थीलाई दैनिक रु ७५ खाजा खर्च उपलब्ध गराइने र दैनिक पाँच घण्टा तालिम सञ्चालन हुने उहाँले जानकारी दिनुुभयो ।

यसपटक प्रदान गर्न लागिएका तालिममा कुक, कपाल काट्ने (सैलुन), आधारभूत केश–शङ्गार (ब्युटीपार्लर), विद्युत् जडान, प्लम्बिङ, मोबाइल मर्मत, आधारभूत कम्प्युटर, सिलाइकटाइ बुटिक डिजाइन, मोटरसाइकल मर्मत, अटोमोबाइल, मन्टेश्वरी शिक्षा लगायतका सीप समावेश रहेको केन्द्रले जनाएको छ ।

यसैबीच तालिमको एक कार्यक्रमका बीच आज उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले युवालाई सीपमार्फत रोजगारी, व्यावसायिक अवसर र आत्मविश्वास जोड्ने यो पहल ऐतिहासिक बन्ने विश्वास व्यक्त गर्नुुभयो ।

“सीप सिकेर सानो कोही हुँदैन, सम्मानकासाथ सिक्न आवश्यक छ”, उहाँले भन्नुभयो, “श्रमको सम्मान गर्दै नेपालमै बसेर उद्यमी बन्न सबैलाई आग्रह गर्दछु ।”

तालिम लिएर उद्यम सुरु गर्न चाहनेका लागि प्रदेश सरकारले बीउ पुँजी(सीड मनी) का लागि बजेट व्यवस्था गरेको बताउँदै उहाँले बैंकसँग समन्वय गरेर ५० प्रतिशत प्रदेश सरकार र ५० प्रतिशत लगानीकर्ताद्वारा उद्यम स्थापना गर्न सकिने जानकारी दिनुुभयो ।

सरकारले प्रशिक्षार्थीको अवस्थाको निरन्तर अनुगमन गर्ने उहाँले बताउनुुभयो । गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका प्रमुख डा सोमनाथ सापकोटाले सीपको बढ्दो महत्व र व्यवसायिक शिक्षाको आवश्यकतामाथि जोड दिनुुभयो । रासस