१५ श्रावण २०८३, शुक्रबार
,
Latest
तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिलिपिन्समा सडक दुर्घटनामा ११ जनाको मृत्यु, ३ घाइते



अ+ अ-

म्यानिला। फिलिपिन्सको अल्बे प्रान्तमा बुधबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ । प्रहरीले १० पाङ्ग्रे ट्रकले यात्रु भ्यानसँग ठोक्किँदा यो दुर्घटना भएको जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटना कमालिग नगरपालिकाको राजमार्गमा बिहान करिब ९ बजे भएको थियो । भिडिओ फुटेजमा ट्रक विपरीत दिशाबाट आएको १४ यात्रु बोकेको भ्यानसँग ठोक्किएको थियो ।

उद्धारकर्ताहरूले घाइतेहरूलाई पूर्ण रूपमा ध्वस्त भएका सवारी साधनबाट निकाल्न घण्टौं काम गर्नु परेको थियो । प्रहरीले ट्रकको ब्रेक बिग्रिएर यसले उच्च गतिमा यात्रा गरेको जनाएको छ ।

ट्रक चालक र सहायक समेत घाइते भएका छन् । (रासस/एएफपी)