१५ श्रावण २०८३, शुक्रबार
,
Latest
तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो हाफमा नेपालको अग्रता



अ+ अ-

इन्डोनेसिया। इन्डोनेसियाविरुद्धको अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ सकिँदा नेपालले अग्रता बनाएको छ ।

इन्डोनेसियाको मागुवोहार्जो स्टेडियममा आज जारी खेलको पहिलो हाफ सकिँदा नेपालले १–० गोलको अग्रता बनाएको हो । खेल निकै प्रतिस्पर्धात्मक रहे पनि अग्रता भने नेपालले इन्डोनेसियाकै आत्मघाती गोलबाट पायो ।

पहिलो हाफको मध्यतिर इन्डोनेसियाकी डिफेन्डर भिभी ओकताभी रिस्कीले ‘क्लियर’ गर्न खोजेको बल आफ्नै जालीभित्र पुगेपछि नेपालले १–० को अग्रता बनाएको हो । उक्त आत्मघाती गोलपछि नेपाली टोली थप आत्मविश्वासका साथ खेलिरहेको छ ।

अब दोस्रो हाफ सुरु हुन बाँकी छ, जहाँ इन्डोनेसिया बराबरीका लागि आक्रामक आउने सम्भावना उच्च छ, भने नेपाल आफ्नो अग्रता जोगाउन प्रतिबद्ध रहेको छ ।

जारी खेलको पहिलो हाफमै वर्षाले मैदान चिप्लो बनाएको थियो, तर दोस्रो हाफको सुरुआतसँगै वर्षा झनै बढेको छ । रासस