१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्याली पब्लिकका तीनै टोली विजयी चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतमा आगजनी प्रकरणमा पूर्व स्ववियू सभापति ढुंगेल पक्राउ



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतमा आगजनी भएको घटनामा संलग्न रहेको आरोपमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति तथा पूर्व माओवादी नेता विष्णु ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई पक्राउ गरेको हो।

जेन–जी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगो लगाउने निर्देशन दिएको आशंकामा ढुंगेलमाथि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

आगजनी भएको दिन अदालत परिसरमा ढुंगेल देखिएको र पक्राउ परेका अन्य दुई युवासँग घटनाअघि र पछाडि फोन तथा प्रत्यक्ष सम्पर्क भएको प्रारम्भिक अनुसन्धानमा खुल्ने आधारमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ।

यसअघि सर्वोच्च अदालतमा आगजनी तथा तोडफोड गरेको आरोपमा झापा, भद्रपुर–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुर, महालक्ष्मीस्थान–५ का ३० वर्षीय सुशील श्रेष्ठ (ब्राउन) लाई प्रहरीले पक्राउ गरिसकेको थियो। उनीहरूले अरुको उक्साहटमा घटना स्थल पुगेको बयान दिएको बताइएको छ।

घटनापछिल्लो समय ढुंगेल सार्वजनिक सम्पर्कबाट टाढा रहेको र सोही कारण पनि प्रहरीको शंका थप बलियो बनेको स्रोतको दाबी छ। प्रहरीले अब उनीहरू सबैलाई थप अनुसन्धानका लागि हिरासतमा राखेको छ।