२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको नेपालमा दाल गल्नेवाला छैन



अ+ अ-

देशमा कोरोना भाइरसको संक्रमणको त्रास बढीरहेका बेला सामाजिक सञ्जालमा यस विषयमा विभिन्न प्रतिक्रियाहरु आइरहेको भेटिन्छ । यसै सन्दर्भमा प्रद्युम्न उपाध्यायले नेपालमा कोरोना भाइरसको केही नचल्ने, दाल नगल्ने बताएका छन् । उनले आफ्नो फेसबुक वालमा लेखेका छन्– कोरोनाको नेपालमा दाल गल्नेवाला छैन ।

उनले अगाडि लेखेका छन्– हामी नेपालीको खानपान, चट्पटे, मसालेदार, झोलिलो आदि र हाम्रो रहनसहन सामान्य र घुलनशील समाज, हाम्रो प्रदूषणमा सहजै बस्नसक्ने क्षमता, हाम्रो मस्तमौला जीवनशैली र नेपालको जडिबुटि सम्पदायुक्त प्रकृतिले गर्दा कोरोनालाई कत्ति पनि सहज छैन ।

ढुक्क हुनुस् । कालोबजारीले केही फाइदा हुनेवाला छैन । नेपाल कोरोना अनुकूल देश हुँदै होइन । कोरोनाको नेपालमा दाल गल्नेवाला छैन् । नेपाल कोरोना अनुकूल देश हुँदै होइन ।

उपाध्यायको फेसबुक वालबाट