१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता

विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता
अ अ+ अ-

सिरहा। विद्यार्थीमा जलवायु परिवर्तनका असर, न्यूनीकरणका उपाय, वातावरण संरक्षण तथा जलवायुमैत्री कृषि प्रणालीबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।

विश्व वातावरण दिवसका अवसरमा आज धनगढीमाई नगरपालिका–५ स्थित जनता माध्यमिक विद्यालय (प्राविधिक), तीनकोनीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

राष्ट्रिय कृषक समूह महासङ्घ नेपालको आयोजनामा सञ्चालित ‘जलवायुमैत्री गाउँ परियोजना’ अन्तर्गत आज उक्त प्रतियोगिता आयोजना गरिएको हो । ‘माटो जोगाऔँ, प्रकृति सजाऔँ, जलवायु अनुकूलन खेतीतर्फ पाइला बढाऔँ’ भन्ने मूल विषयमा आयोजित प्रतियोगितामा विद्यालयका सातजना छात्राले जलवायु परिवर्तन, वातावरण संरक्षण तथा जलवायुमैत्री कृषि प्रणालीका विषयमा आफ्ना विचार प्रस्तुत गर्दै प्रतिस्पर्धा गरेका छन् ।

परियोजनाले किसानलाई कृषि पाठशाला सञ्चालन, कृषि सामग्री उपलब्ध गराउने, महिला कृषक समूह गठन, गोठ सुधार, गँड्यौलाको मल उत्पादन, बोरिङ तथा फोहोरा सिँचाइ, आधुनिक चुलो जडान तथा जलवायुमैत्री बीउबिजन वितरणलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहनुभएकी धनगढीमाई नगरपालिकाका उपप्रमुख सङ्गीताकुमारी चौधरीले वातावरण संरक्षण र दिगो कृषि विकासका लागि युवापुस्ताको सहभागिता अपरिहार्य रहेको बताउनुभयो । उहाँले धनगढीमाई नगरपालिकाले आगामी नीति तथा कार्यक्रममा पनि जलवायु अनुकूलन कृषि प्रणालीलाई प्राथमिकता दिनुका साथै परियोजनालाई आवश्यक समन्वय गर्ने बताउनुभयो ।

उपप्रमुख चौधरीले भन्नुभयो, “जलवायु परिवर्तनको प्रभाव अहिले प्रत्यक्ष रूपमा कृषि क्षेत्रमा देखिन थालेको छ । त्यसैले वातावरण संरक्षणसँगै जलवायुमैत्री कृषि अभ्यासलाई विद्यालय तहदेखि चेतना अभिवृद्धि गर्न आवश्यक छ । यस्ता कार्यक्रमले विद्यार्थीमा ज्ञान, सीप र जिम्मेवारीबोध बढाउन महत्त्वपूर्ण योगदान पुर्याउँछन् ।”

कार्यक्रममा राष्ट्रिय कृषक समूह महासङ्घका मधेस प्रदेश कार्यक्रम संयोजक दिलीप साहले संस्थाले विद्यालय, स्थानीय तह तथा सरोकार भएका निकायसँग समन्वय गरी विभिन्न जलवायुमैत्री तथा अनुकूलन कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार परियोजना सिरहाका धनगढीमाई नगरपालिका, लक्ष्मीपुर पतारी, भगवानपुर तथा सखुवानन्कारकट्टी गाउँपालिकाका साथै सप्तरीका रुपनी र अग्निसाइर कृष्णासवरन गाउँपालिकामा सञ्चालन भइरहेको छ ।

संयोजक साहले मधेस विश्वविद्यालय तथा रामपुर कृषि विश्वविद्यालयसँगको समन्वयमा कृषि पाठशाला सञ्चालन भइरहेको उल्लेख गर्दै जलवायुमैत्री कृषि प्रणालीसम्बन्धी अनुसन्धान तथा शोधपत्र तयार गर्न इच्छुक विद्यार्थीका लागि पनि संस्थाले अवसर र मञ्च उपलब्ध गराइरहेको जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक जितेन्द्र चौधरीले विद्यालयमा यस्ता सृजनात्मक तथा ज्ञानमूलक कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकासका साथै वातावरणीय चेतना अभिवृद्धिमा टेवा पुग्ने बताउनुभयो ।

यसअघि विश्व वातावरण दिवसका अवसरमा विद्यालय परिसरमा वृक्षरोपण कार्यक्रमसमेत सम्पन्न गरिएको थियो । कार्यक्रममा कृषक महासङ्घका प्रतिनिधि, परियोजनाका कर्मचारी, विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो । रासस