२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले उमेर हदका कारण भोलिबाट अवकाशमा जान लाग्नुभएका नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललाई बिदाइ गर्नुभएको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहबीच उहाँले अर्याललाई बिदा गर्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले मुख्यसचिव अर्यालले सेवा अवधिभरि देखाउनुभएको कर्तव्यनिष्ठा र योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गर्नुभएको उहााको सचिवालयले जनाएको छ ।

मुख्यसचिव अर्यालले पनि आफ्नो कार्यकालमा पाएको समर्थन र सहकार्यप्रति आभार व्यक्त गर्दै सरकार र देशका लागि योगदान दिन पाएकामा खुसी व्यक्त गर्नुुभयो । विसं २०४६ माघ ४ गते नायब सुब्बाबाट निजामती सेवामा प्रवेश गर्नुभएका अर्याल विसं २०८१ भदौ १३ गते मुख्यसचिवमा नियुक्त हुनुभएको थियो ।

अर्याल अनिवार्य अवकाशमा जाने भएपछि यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ मुख्यसचिवमा रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई नियुक्त गर्ने निर्णय गरिसकेको छ ।