काठमाडौं। राप्रपा नेपालले आगामी फागुन २१ गते हुने घोषणा गरिएको प्रतिनिधिसभा निर्बाचनको प्रयोजनको निमित्त दल दर्ता गरेको छ।
आज पार्टीको काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आयोगमा निर्बाचन प्रयोजनको लागि दल दर्ता गर्ने निर्णय गरेसङ्गै दल दर्ता गरिएको हो।
पार्टीका सहायक महामन्त्री एबं केन्द्रीय सचिवालय सह-प्रमुख हिक्मतजङ्ग भण्डारी र कार्यालय सचिब कर्ण बहादुर माझी दल दर्ताको लागि आयोग पुगेका थिए।










