२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रानी अस्पतालमा निःशुल्क प्रसूति सेवा सुरु



अ+ अ-

विराटनगर। विराटनगर महानगरपालिकाले विराटनगर–१५ स्थित रानी अस्पतालबाट आजदेखि चौबीसैँ घण्टा निःशुल्क बर्थिङ सेन्टर (प्रसूति सेवा) सञ्चालन गरेको छ ।

मातृ तथा शिशुको मृत्युदर घटाउने उद्देश्यले विराटनगर दक्षिणी क्षेत्रमा निःशुल्क प्रसूति सेवा सुरु गरिएको महानगरले जनाएको छ । आज यहाँ सेवा शुभारम्भ कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले प्रसूति सेवा सञ्चालनमा आएसँगै दक्षिणी क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा लिन सहज भएको बताउनुभयो ।

विराटनगर महानगरपालिका–१५ का अध्यक्ष प्रकाश साहले महानगर नेतृत्वले दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सेवा सुरु गरेकामा धन्यवाद दिनुभयो ।

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा सुरेश मेहताले आगामी दिनमा अन्य निकायसँग समेत समन्वय गरेर अस्पतालको सेवालाई थप विश्वसनीय र प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

महानगरका स्वास्थ्य महाशाखा प्रमुख डा दिलीपकुमार यादवले अस्पतालमा तालिमप्राप्त जनशक्तिको व्यवस्था मिलाई सेवा प्रभावकारी बनाइएको बताउनुभयो ।

कार्यक्रममा जनस्वास्थ्य अधिकृत रमेश कार्की, रानी अस्पतालका प्रमुख मानिकचन भगत, समाजसेवी दीनानाथ आचार्यलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

रानी अस्पतालमा हाल फिजियो थेरापी, ओपिडी, स्वास्थ्य बिमा, परिवार नियोजन, खोप, मातृ शिशु, मनोपरामर्शलगायत सेवाहरू उपलब्ध भइरहेका छन् । रासस




भर्खरै