२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘काठमाडौं इन्टरनेशनल परफरमेन्स आर्ट फेस्टिभल’ मा सात देशका कलाकार सहभागि



अ+ अ-

काठमाडौँ । काठमाडौंमा सात देशका कलाकारको सहभागितामा ‘काठमाडौं इन्टरनेसनल परफरमेन्स आर्ट फेस्टिभल’ शुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा बिन्दु स्पेस फर आर्टिष्ट नेपालको आयोजनामा उक्त फेस्टिभलमा नेपालसहित भारत, चीन, बङ्गलादेश, अष्ट्रिया र फिलिपिन्सका कलाकार सहभागी छन् । फेस्टिभलले विभिन्न देशका कलाकारहरुबीच कला संस्कृति आदानप्रदान हुने र एक अर्काबीचको सिकाई साटासाट प्रतिष्ठानले जनाएको छ ।

मानिसले जन्मेपछि विवाह गर्नुभन्दा अगाडि र विवाह पछाडि फरक पहिचान बोक्ने भएकाले त्यसलाई आधार मानेर आफूले ‘मेरो परिचय’ नामक प्रश्तुती पस्केको कलाकार सौरगङ्गा दर्शनधारीले बताउनु भयो । उहाँ ललित कला प्रज्ञा प्रतिष्ठानकी बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख पनि हुनुहुन्छ । कार्यक्रम अवलोकन गर्न आएका दर्शक सञ्जीप महर्जनले परफरमेन्स आर्ट सामान्य मानिसका लागि बुझ्न चुनौतीपूर्ण हुने उल्लेख गर्दै फेस्टिभलले यस्तो कला विधाको पहिचान विस्तारमा सहयोग पुग्ने बताउनु भयो ।

फेस्टिभले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने आयोजकले जानाएको छ । फेस्टिभल शुक्रवारसम्म सञ्चालन हुनेछ  ।