१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल

कोटेश्वर प्रहरीको सकृयतामा नगद र लालपुर्जासहितको ब्याग फेला

कोटेश्वर प्रहरीको सकृयतामा नगद र लालपुर्जासहितको ब्याग फेला
अ अ+ अ-

काठमाडौं । गत फागुन १९ गते उदयपुरको गाइघाटबाट कोटेश्वर आउनेक्रममा टाटा सुमोबाट हराएको नगद, लालपुर्जा लगायतका महत्वपूर्ण कागजपत्र भएको झोला महानगरीय प्रहरी प्रभागकी प्रमुख, प्रहरी निरीक्षक सुभद्रा वाइवाको सकृयतामा शुक्रबार समवन्धित झोला धनीले फिर्ता पाएका छन् ।

खोटाङ्ग जन्तेढुंगा गाउपालिका वडा नं ६ घर भई हाल ललितपुर महानगरपालिका वडा नं १४ तिखिदेवल बस्ने ६९ वर्षिय यात्रु हर्कराज राईको नगद ३० हजार, ३ थानलालपुर्जा, २ थान नागरिकता, एकथान पेन्सनपट्टा, एक थान अपाङ्ग परिचयपत्र, एक थान भुकम्प पीडित परिचयपत्र सहितको कालो रंगको पछाडि भिर्ने झोला फागुन १९ गते गाइघाटबाट कोटेश्वर आउने क्रममा चालकको लापरवाहीका कारण हराएको थियो । चालकले सवारी साधनको छतमा सुरक्षित रुपमा बाँधेर राख्नुपर्ने यात्रुको झोला हेलचक्र्याई गरी राखेको कारण यात्राको क्रममा उक्रझोला गाडीबाट बाटोमा खसेको थियो ।

हराएको झोला खोजी गर्नको लागि सोहीदिन पीडित यात्रु राईले महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा निवेदन दिएकोमा प्रहरी निरीक्षक वाइवाले यात्रु राईले यात्रा गरेको ना १ ज ५४५१ नं को टाटा सुमोका चालक उदयपुर त्रियुगा नगरपालिका वडा नं ८ घर भएका चालक राजन दनुवार र सवारी धनी उदयपुर रौतामाईका आङ्गपाल्दे शेर्पालाई तत्कालै झिकाएर १५ दिनभित्र हराएको सामान खोजीगर्न निर्देशन दिएको थियो ।

साथै कोटेश्वर प्रहरीले उदयपुर हुँदै कोटेश्वरसम्म आइपुग्दा बाटोमा पर्ने जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा समेत हराएको झोलाबारे जानकारी गराएको थियो ।
प्रहरीको सकृयतापछि सवारी धनीतथा गाडी चालकले महत्वपूर्ण कागजात र नगदसहितको झोला हराएको संभावित ठाउँ वरिपरि खोज्ने क्रममा सिन्धुलीका एक जना पुर्व कर्मचारीले उक्त झोला भेटेर राखेको अवस्थामा फेलापारेको चालकले दनुवारले प्रहरीलाई बताए ।

१९ फागुनमा हराएको महत्वपूर्ण कागजात सहितको झोला प्रहरी निरीक्षक वाइवाले उक्त झोलाधनी राईलाई उनकी छोरी नानुकला राई र वरिष्ठ पत्रकार वलराम प्यासीको रोहवरमा हस्तान्तरण गरीन । आशमारेको नगद र महत्वपूर्ण कागजात सहितको झोला५ दिनभित्रैहात परेकोमा जेष्ठ नागरिक राईले प्रहरी निरीक्षक वाईवा सहित कोटेश्वर प्रहरीलाई धन्यवाद दिए ।