१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल

सगरमाथाको चुचुरोमा गरिएको कल्पनाको सङ्कल्प

सगरमाथाको चुचुरोमा गरिएको कल्पनाको सङ्कल्प
अ अ+ अ-

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्नु चानचनुे कुरा होइन । हिम्मत गरेर आठ हजार ८४८ मिटर अग्लो चुचुरो आँक्नेमध्ये थोरैले मात्र पाइला टेक्न सक्छन् ।

हिउँको बाटो, हिउँको माटो, हिउँकै पहाड, हिउँकै जङ्घार, जताततै हिउँकै संसार । त्यही हिउँ संसारमा रम्न सक्ने दृढआत्मविश्वासको भारी बोकेर उकाली लागिन् ललितपुरकी कल्पना महर्जन ।

आधार शिविरबाट देख्दा, सेता हिउँमाझ सेतो गुराँस फुले झै अग्लिएको सगरमाथाले उनको मन हरेक पल मोहित पार्दैथियो । मनभित्रैबाट उब्जेको त्यही मोहको डोरीमा हिउँरेखामाझ तानिदैतानिदै उनी शिखरतर्फ लम्किइन् ।

नेपाल मोहडाको अनुभवको अर्को वर्ष तिब्बत मोहडाबाट विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण उनका लागि अर्को नौलो र आश्चर्य थियो ।

जब आठ हजार ३०० मिटरको उचाइँमा पुगिन् । तब परिस्थितिले एक्कासी कोल्टे फेर्यो । अक्सिजन सकियो । न त तल ओर्लिनु न माथि उक्लनु । चिसो सिरेटोले ओठ सुक्छ थाले ।

तलतल हिउँको फाँट । सेता कुहिरामा कहिले घाम कहिले छायाँ पर्दै गरेको दृष्य पनि उनलाई धमिलो लाग्न थाल्यो । अक्सिजन भएको आफ्नो टेन्टमा पुग्न सक्ने अवस्था थिएन । अक्सिजन लिन गएका सहयोगी फर्किएनन् ।

हिमाल आरोहण गर्दा धेरै मान्छे मर्छन् । कसरी मरे भन्ने खासै अभिलेख छैन । हिमाल चढ्ने मान्छे मर्ने या बाँच्ने ५०/५० प्रतिशत सम्भावना हुन्छ । सत्य स्वीकारेर आरोहण गरिन्छ । मनमा अनेक तर्कना खेल्दै गर्दा जीवनको अन्तिम क्षणमा तालिममा सिकेको कुरा झट्ट याद आयो, कल्पनालाई ।

कुनै घटना भयो भने त्यसबेला केही गर्न सक्ने अवस्था नहुँदा सक्किगो तर रेकर्ड गर्न, फोटो खिच्न, भिडियो गर्न सक्ने झिनो सम्भावनाको सकभर प्रयास गर्नुपर्छ । जसले मर्ने बेलामा पीडा हैन खुशी अनुभूत गराउँछ ।

तालिममा यस्तै यस्तै कुरा सिकाइएको थियो । त्यो पल स्मरण गर्दै उनले भनिन्, “अब म मर्दै छु भन्ने अनूभूति भयो, अनि जीवनको अन्तिम क्षण सम्झेर सेल्फी भिडियो खिच्न थालेँ ।”

जीवनको त्यही अर्थपूर्ण घडीमा कल्पनाले आफूलाई बलियो बनाउनुभयो । आपूm मरेको प्रमाण के त रु मरेपछि मेरो शरीर फिर्ता गयो भने मान्छेले कल्पना यसरी मरेकी रहिछ भन्ने कुरा थाहा पाओस् भनेर सेल्फी भिडियो लिएको उनले आफ्नो अनुभूति सुनाइन् ।

“म आठ हजार ३०० मा छु, अक्सिजन सकिएको छ, अहिले म अर्काको टेन्टमा छु, शेर्पालाई अक्सिजन खोज्न पठाएको छु, अक्सिजन पायो भने बाँच्छु नपाए मर्छु”, अभिलेख गरिएको भिडियोमा उल्लेख भएका शब्द उनले सुनाइन् ।

त्यतीबेला उनी आफ्नो अक्सिजन भएको टेन्टमा पुग्न सकेकी थिइनन्। धन्न ४५ मिनेटपछि अक्सिजन आयो र उनले नयाँ जीवन पाइन् । सगरमाथाको टुप्पोमा पुग्दा अलौकिन मात्रै लागेन नयाँ जीवनको शुरुवातको महुस गरिन्।

उनका अनुसार जीवनका आरोह अबरोह पुस्तकाकारका रुपमा पनि आउँदै छ । जीवनको अन्तिम सङघर्षको क्षण त्यो मात्रै होइन । धेरै ठक्कर र मृत्युको दोसाँधबाट उछिट्टिएर नयाँ जीवन पाएको उनले बताइन् ।

सगरमाथा चढ्नु अघि हरेक आरोहीले अन्य साना हिमाल चढेर तालिम लिनुपर्छ । त्यही सिलसिलामा उनले छ हजार मिटरको सोलुखुम्बुको मेरापिक चढ्दै थिइन् । पाँच हजार ३०० मिटरमा पुगेपछि लेक लागेर होस् गुम्यो । सात दिन कोमामा बस्नुपर्यो । सबैले आश मारेका थिए । तर, दैवले फर्काइदियो ।

आफ्नो जीवन नाफाको भएको बताउने कल्पनाले सगरमाथाको टुप्पोमा पुगेर लिइएको सङ्कल्प ‘शिक्षाको माध्यमले बालविवाह रोकथाम अभियान’ साकार पार्न थालेकी छन् । “डेथ जोनमा पुगेको मान्छे फर्केर आएँ, मेरो तेस्रो जीवन हो, नाफाको जीवन समाजलाई दिन चाहन्छु”, कल्पनाले थपिन् ।

यसअघि पर्यटन विधामा पत्रकारिता गर्ने कल्पनाले ठुलो सङ्घर्षका साथ सन् २०१८ र २०१९ मा नेपाल र तिब्बतको दुबै मोहडाबाट सगरमाथा चढ्नि ।

दुवै मोहडाबाट सगरमाथा चढ्ने पहिलो नेपाली महिला पत्रकार दावी गर्ने उनले ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम दर्ता गर्ने प्रक्रियामा रहेको जानकारी दिइन् । संयोगले नेपाली र अङ्ग्रेजी एउटै मितिमा उनले सगरमाथा आरोहण गरिन् ।

दुवै वर्षको आरोहण अङ्ग्रेजी तारिख मे २३ थियो भने नेपाली मिति विसं २०७५/२०७६ को जेठ ९ नै परेको थियो ।

महर्जनलाई सगरमाथा टुप्पोमा चढ्दा जति खुसी थियो, अहिलेको बालविवाह रोकथाम अभियान थाल्दा उत्तिकै खुसी र समाजप्रतिको कर्तव्यबोध भएको अनुभव छ ।

सगरमाथाको टुम्पोलाई साछी राखेर गरिएको शिक्षामार्फत बालविवाह रोक्ने सङ्कल्पमा दरार आउन नदिने अठोट उनको छ । अभियान अहिले शुरुआती चरणमा छ । अझै धेरै काम गर्न बाँकी छ ।

समाजमा बढ्दो बालविवाह छ । अहिले त जन्मदर्ता लुकाएर बाल विवाह गरिन्छ । नेपालको कानुनले बन्देज लगाएकाले र समाजको निगरानी बढ्न थालेकाले भारतमा पुगेर विवाह गर्ने चलन बढेको छ । धेरै जसो बालविवाह गरीब अशिक्षित परिवारमा हुने गरेको देखिन्छ ।

मण्डपमा गएर केही विवाह रोक्दैमा र परिवारलाई भनेर मात्रै बालविवाह रोकिन्न । शिक्षाको ज्योतिबाट मात्रै रोक्न सकिन्छ भन्ने निधोका साथ कल्पनाले शान्ति शिक्षा अभियान नेपालका अध्यक्ष रविन्द्र महर्जनसँग मिलेर एउटा अध्याय शुरु गरेकी छन् ।

मानिस शिक्षित छ भने कसैको दवावमा पर्दैन । ऊ आफैँ निर्णय गर्न सक्छ भन्ने विश्वास उनलाई छ । त्यसैले मुख्य प्राथमिता शिक्षा हो । त्यसमा पनि शिक्षकबाटै अभियान चलाए सम्भव छ ।

बालबालिकाले असल शिक्षा पाउनका लागि पहिलो शिक्षकले सिक्नुपर्छ । सुधार शिक्षकबाट थाल्नुपर्छ अनि विद्यालय, त्यसपछि बल्ल बालबालिका हो । “लौरो, डस्टर र चक शिक्षकको हतियार होइन, हतियार भनेको खेल्दै सिक्ने शिक्षा प्रणाली हो, व्यवहारिक ज्ञान हो”, संस्थाका अध्यक्ष महर्जन भन्छन् ।

भानुदयबाट शुरु भएको अभियान

ललितपुर जिल्लाको महाङ्काल नगरपालिका–६ मा रहेको भानुदय आधारभूत विद्यालयबाट कल्पनाले सङ्कल्प पुरा गर्ने अभियान थालिन् । तालमिप्राप्त विद्यालय व्यवस्थापक सगेन्द्र श्रेष्ठलाई स्कुलमा परिचालन गरिएको छ ।

काम शुरु गर्दा १५ जना बालबालिका थिए । अहिले १८० जना पुगेका छन् । गाभिन लागेको स्कुलको साख यही कार्यक्रमले बचेको दावी गर्छन्, श्रेष्ठ । उनले निजी¬सरकारी–साझेदारीमा जरादेखि नै स्कुल परिवर्तनमा आपूmले भूमिका रहेको बताए ।

“स्कुलमा परीक्षणका रुपमा काम थालेका छौँ, त्यसको नतिजाको आधारमा विपन्न परिवारका बालबालिका पढ्ने अन्य १२६ स्कुलमा कार्यक्रम चलाउने योजना छ, गरे सम्भव छ, हामी सक्छौँ”, कल्पनाले आगामी योजना सुनाउँदै भनिन् । आफू पढेको स्कुलबाट उनले पहिलो अभियान थालेकी हुन् । तर आफूलाई धेरैको साथ आवश्यक रहेकोमा उनले जोड दिएकी छन् ।

उक्त कार्यक्रम समिट एयरले दिएको प्रतियात्रु पाँच रुपैयाँ सहयोगले धानेको छ । शान्ति शिक्षा अभियानले कोल्याब्रेटिभ स्कुल नेटवर्कसँग सहकार्य गरेर स्कुलमा काम थालेको हो ।

सगरमाथा आरोहणको अनुभव सुनाउन कहिलेकाहीँ उत्प्रेरणामुलक कार्यक्रम हुन्छ । त्यहाँबाट आएको पैसा र गाइड काम गर्दा चिनेजानेका स्वदेशी विदेशीबाट केही सहयोग प्राप्त हुन्छ । त्यही पैसा परिचालन हुन्छ ।

मुलुकमा अहिले चलिरहेको शिक्षा प्रणालीलाई उनीहरु घोकन्ते विद्या हो भन्छन् । त्यसबाट शिक्षामा आमुल परिवर्तन गर्न सकिँदैन । शिक्षक, शिक्षा प्रणालीदेखि समाज नै परिवर्तन गर्न जरुरी रहेको महर्जनले बताए। अभियानमा उनीहरुले शिक्षकसँगै आफैँ बाल विवाहको अनुभव लिएका महिलालाई नै सहभागि गराउने योजना छ । अभियानका अध्यक्ष महर्जन भन्छन्, “शिक्षक बलियो भयो भने कल्पना गरेको समाज निर्माण गर्न सम्भव छ ।”

हाल अभियान चलाएको विद्यालयमा शिक्षकलाई पनि आचारसंहितामा बाँधिएको छ । शिक्षकको हाजिरी, बालबालिकाको उपस्थिति, परीक्षा प्रणाली, बैठक सबै लिखितरुपमा अभिलेख राखिन्छ । कमि कमजोरी के भयो रु स्कुल मै छलफल गरी मुल्याङ्कन गरिन्छ ।

समग्र विद्यालय व्यवस्थापनको अबस्था के छ ? के सुधार गर्नुपर्छ ? र के राम्रो छ ? सबै मुल्यङ्कन गरेर कार्ययोजनाका साथ अघि बढ्दा क्रमशः सुधारका सङ्केत देखिन थालेको महर्जनको अनुभव छ ।

उक्त विद्यालयका प्रधानाध्यापक बहादुर महर्जन दुवै संस्थाको सहकार्यमा स्कुलमा आमूल परिवर्तन भएको अनुभव सुनाउँछन् । कुनै बेला बन्द हुन लागेको स्कुलमा अहिले नर्सरी कक्षादेखि ६ सम्म पढाइ हुन्छ ।

शान्ति शिक्षा अभियान

शान्ति शिक्षा अभियान नेपालले झण्डै एक दशक अघि अघिदेखि काम गर्दै आएको थियो । ललितपुरको इमाडोलका रविन्द्र महर्जनको अगुवाइमा बुढानीलकण्ठ स्कुलका सात जना विद्यार्थी मिलेर शुरु गरिएको थियो । सरकारी स्कुल र नीजि स्कुलको पठाइमा हुने अन्तर घटाउने उद्देश्य राखेर अभियान थालिएको थियो ।

रविन्द्रको समुहले दाताको सहयोग लिएर सिन्धुपाल्चोकको राम्चेमा तीन कक्षासम्म पढ्ने स्लुक नै बनाएका थिए । पर्यटक पथपर्दशक महर्जनसँग बेलाबेलामा विदेशी ठोक्किन्थे । योजना सुनेपछि मन पग्लेर विदेशीले केही रकम दिन्थ्ये । त्यही पैसा शिक्षाको विकासमा लगानी गरिन्थ्यो ।

एक दिन अमेरिकन नागरिक क्रिष्टोफरले दिएको १५० डलरले राम्चेको स्कुलको जग खनिएको थियो । स्कुल पूर्ण हुँदा ४३ लाख लाग्यो । त्यो पैसा जुटाउन परेको सकस अहिले पनि उनी झलझली सम्झन्छन् ।

अभियानमार्फत संस्थाले स्कुल शिक्षाका लागि २५० भन्दा बढीलाई प्रशिक्षण दिइसकेको छ । स्वदेशी र विदेशी स्वयंसेवक शिक्षक परिचालन गर्ने गरेको छ । संस्थाले विभिन्न १४ भन्दा बढी स्कुमा फर्निचर सहयोग गरेको छ ।

बालविकास तालिम दिने गरेको छ । भुकम्प अघि १८ वटा स्कुलमा भवन बनाएको संस्थाले भूकम्पपछि २४ वटा स्कुलको पूनःनिर्माण गरेको महर्जन सुनाउछन् । रासस