१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल

सेती नदीको सुक्खा पहिराले जोखिमपूर्ण बन्दै पोखरा

सेती नदीको सुक्खा पहिराले जोखिमपूर्ण बन्दै पोखरा
अ अ+ अ-

कास्की । पोखरा महानगरपालिका वडा नं १५ र १७ को बीचमा पर्ने रातोपैर्हो क्षेत्रमा गत भदौमा सेती नदी किनारमा गएको सुक्खा पहिरो र त्यसले बनाएको बाँधले यतिखेर उक्त आसपासका सर्वसाधारणलाई बेला बेलामा झस्काउने गरेको छ । बाहिरीरुपमा खासै चर्चा नभए पनि पहिरासँगै नदी माथि नै थुप्रिएका ठूलाठूला चट्टान र त्यहाँबाट छिद्र बनाएर बगेको सेती नदीले कुनै दिन जोखिम निम्त्याउने त हैन भन्ने विषयले स्थानीयबीच आशङ्का उब्जाएको हो ।

रामघाटबाट खुल्ला भई पृथ्वीचोकको लगभग तीन किलोमिटरको दुरी भूमिगत हुँदै गएको सेती नदी रातोपै¥हामा खुल्ला भएको छ भने सोही स्थानमा खसेको पहिराका कारण अहिले बाँध निर्माण भएको छ । खुल्ला भएको स्थानको मुखमा नै नदीको पूर्वीभाग हरियोखर्क अस्पतालतर्फ भदौको २० गते खसेको सुक्खा पहिरासँगै आसपासको भू–भाग उच्च जोखिमयुक्त बनेको हो ।

स्थानीयवासीका अनुसार सुक्खा पहिरासँगै खसेको चट्टानका कारण अहिले सेती नदी माथिको उक्त स्थानमा बाँध बनेको छ । बाँध भएको ठाउँमा छिद्रबाट पानी बगेर बाहिर निस्केको भए पनि त्यहाँ ठूलो ताल बनेको हुन सक्ने स्थानीय विष्णु श्रेष्ठले जानकारी दिनुभयो । लगभग वर्षात् सकिएपछि पहिरो गएर थुनिएका कारण पानी थोरै भएकाले अन्य कुनै नोक्सानी नभएको उहाँले बताउनुभयो ।

“भदौको २० गते राति करिब १ः३० बजेको समयमा सुतिरहेको अवस्थामा घरै थर्कने गरी ठूलो आवाज आयो”, उहाँले भन्नुभयो, “बाहिर निस्केर हेर्दा त पारिपट्टिको सेतीको डिल खसेको रहेछ, पहिराका कारण थुिप्रएको चट्टानले नदीको बहाव त्यही बेला नै थुनेको थियो ।” अर्को वर्षात् नजिकिँदै गर्दा त्यसतर्फ ध्यान नदिने हो भने त्यसले वरपरका वस्ती नै जोखिममा पार्न सक्ने उहाँको भनाइ छ ।

रातको समयमा ठूलो आवाजसहित पहिरो गएपछि कतिपय स्थानीय भूकम्प आएको भन्दै घर बाहिर निस्केका स्थानीय जानकी क्षेत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिरो गएकै स्थानमा जोडिएको जमिन अहिले पनि फाटिरहेको छ, निकट भविष्यमा नै खसेर अर्को जोखिम निम्त्याउन सक्छ ।” सेती किनारका अन्य ठाउँमा पनि जमिन फाट्ने क्रम जारी रहेकाले बेलैमा सजग नभए त्यसले समग्र पोखरालाई नै असर पार्न सक्ने स्थानीय बताउँछन् ।

उक्त स्थानमा विसं २०७२ वैशाख १२ गते भूकम्प गएको १५ महिनापछि पनि सुक्खा पहिरो गएको अर्का स्थानीय गणेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सोही ठाउँमा अघिल्लो वर्ष पनि त्यस्तै सुख्खा पहिरो गएको थियो । बारम्बार गएको पहिराले बाँध जस्तै गरी चट्टानको थुप्रो लागेपछि सेतीले बहाव परिवर्तन गर्न सक्ने स्थानीय मिमबहादुर रानाले सुनाउनुभयो ।

सेती नदी र यसले पारेका गल्छी एवम् प्रभाव सम्बन्धमा बिभिन्न अध्ययन भने नभएका होइनन् । बिभिन्न समयमा विदेशी संस्थाले गरेका अध्ययनका अनुसार गहिरिँदै गएको सेती नदीले पार्न सक्ने प्रभावलाई दृष्टिगत गर्दै ठाउँठाउँमा चेक ड्याम लगाउन सुझाव दिएका थिए । भूगर्भविद् ई डा रञ्जन दाहालका अनुसार सेतीको दायाँबायाँको जमिनको भाग खस्नु दीर्घकालीन समस्या भए पनि पछिल्लो समय सुक्खा पहिरो जोखिमयुक्त देखिएको छ ।

पोखराको मध्यभाग हुँदै बगेको यही नदीले यहाँको सुन्दरता कायम राख्न ठूलो योगदान पु¥याएको छ । पोखरालाई सेती नदीको विचित्रताले पर्यटकीय महिमा र गरिमा बढाएको छ । सदाबहार सेतै देखिने भएकोले प्राचीनकालदेखि यसको नाम सेती नदी रहन गएको बुढापाका बताउँछन् । पोखराका फाँटको सिँचाइ गरी उब्जाउ हुने अन्न यहाँका स्थानीयवासीको जीवीकोपार्जनको महत्वपूर्ण आधार हो ।

पोखरेलीका लागि बरदानजस्तै बनेको सेती नदीमा पछिल्ला वर्षमा प्रदूषण बढ्दै गएको विषय पनि यतिखेर चर्चामा छ । विभिन्न सङ्घसंस्था एवम् ठाउँठाउँका स्थानीयबाट यसको संरक्षणको प्रयास थालिएको पाइन्छ । मानवीय अतिक्रमण त छँदैछ पछिल्ला वर्षमा नदी किनारामा ठाउँठाउँमा जाने गरेका पहिराका कारण सेतीको नियमित बहाव थुनेको छ नै यसले किनारा आसपासका बस्तीसमेतलाई जोखिमपूर्ण बनाएको छ ।

रातोपै¥हाका साथै पछिल्ला वर्षमा तुल्सीघाट, रामघाट, पृथ्वीचोक, रङ्गशाला, चिर्गादीघाट, गगनगौँडालगायतका स्थानमा सेती किनारामा चट्टान खस्ने क्रमले वरपरका वस्ती जोखिमपूर्ण बन्दै गएका छन् । सेतीका विभिन्न घाटबाट जथाभावि नदीजन्य वस्तुको दोहोनसँगै नदी गहिरिँदै गएपछि भित्रीभागमा पानी जम्ने र कतिपय झुण्डिएका जमिन नदीमा खस्दै जाँदा बस्ती उच्च जोखिममा पर्दै गएका छन् ।

खानेपानीका लागि गरिने अत्याधिक मात्रामा खनिएका बोरिङलाई आधार बनाउने हो भने अधिकांश स्थानको भूबनोट शुरुमा कडा चट्टानसँगै तल्लो भागमा रातो र बालुवा माटो भेटिने गरेको छ । पोखराभित्र दुई सयभन्दा बढी बोरिङमार्पmत निकालिएको पानी बजारमा बिक्री वितरण गरिँदै आएको छ । जमीनको एक सय मिटरको गहिराइमा शुद्ध पानी आउने गरेको हुँदा सेती नदीले सो दुरी फेला पार्ने हो भने पोखरा बजारलाई नै जोखिमपूर्ण हुने बताइएको छ ।