१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल

कसैले ग्यास लुकाएर कालो बजारी गरेमा खबर गर्नुहोस् : मन्त्री भट्ट

कसैले ग्यास लुकाएर कालो बजारी गरेमा खबर गर्नुहोस्  : मन्त्री भट्ट
अ अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा हुने कालो बजारी नियन्त्रणका लागि सबै नागरिक अनुगमनकर्ता बन्नुपर्ने बताउनुभएको छ ।

नोभल कोरोना भाइरसका कारण बजारमा अत्यावस्यक वस्तुहरुको अभाव सिर्जना हुने हल्ला चलाएर कालोबजारी गर्नेहरुको जानकारी सरकारलाई गराई अनुगमनकर्ता बन्न आग्रह गर्नुभएको हो । शनिबार काठमाडौंमा आयोजित एक साक्षत्कारमा बोल्दै मन्त्री भट्टले खाना पकाउने ग्यास, पोट्रोलियम पदार्थ, नुन, चिनी लगायतका अत्यावस्यक वस्तुहरु बजारमा प्रयाप्त रहको र कसैले लुकाएर कालो बजारी गरेको पाइए मन्त्रालयमा फोन गर्न आग्रह गर्नुभएको हो । उहाँले भारतले नेपालका लागि आवश्यक पर्ने औषधि सहज उपलब्ध गराउने जनाइसकेकोले कुनैपनि औषधिको अभाव नहुने बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले बजारमा कुनैपनि वस्तुको अभाव नरहेको बताउनुभयो । अत्यावस्यक सामग्रीहरु बजारमा प्रसस्त रहेको भन्दै कालोबजारीलाई सघाउ पुग्नेगरी हल्ला नगर्न आग्रह गर्नुभयो ।

उपभोक्ताकर्मी प्रेमलाल महर्जनले सरकारले कालोबजारी भइरहेका बेला बजार अनुगमनलाई प्रभावकारी बनाउन नसकेको बताउनुभयो । उहाँले प्राकृतिक विपदको बेला कालोबजारी गर्नेमाथि अनुगमन बढाई उचित कारबाही गर्नुपर्ने बताउनुभयो ।

नोभल कोरोना भाइरसका कारण बजारमा मास्क, पञ्जा लगायतका वस्तुहरुको अभाव भएको छ । त्यस्तै भारतले औषधि निर्यात नगर्ने बताएसँगै अत्यावश्यक औषधिको समेत अभाव हुने हल्ला चलेको छ । त्यसबाहेक खाना पकाउने ग्यासको समेत अभाव देखिन थालेको छ । त्यस्तै खाध्य सामग्रीको समेत अभाव हुने भन्दै कालोबजारी गर्नेहरु सक्रिय भएकोले बजारमा कालोबजारी बढेको उपभोक्ताकर्मी महर्जनले बताउनुभयो ।