९ श्रावण २०८३, शनिबार
,
Latest
आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु



अ+ अ-

काठमाडौँ । सरकारले युरोपियन युनियनको ‘ग्रीन एण्ड रिलायबल इनर्जी फर इकनोमिक प्रस्पेरिटी’ परियोजनाका लागि २३.५८ मिलियन युरो अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकले भैरहवास्थित विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि–२०७१ खारेज गर्दै उक्त क्षेत्रमा मासिक भाडादर प्रतिमिटर ५ रुपैयाँ कायम गर्ने निर्णय गरिएको छ ।

उहाँले ऊर्जा क्षेत्रकै अन्तर्राष्ट्रिय समन्वयलाई ध्यानमा राख्दै सरकारले विद्युत नियमन आयोगलाई साउथ एशिया इनफ्रास्ट्रक्चर रेगुलेसनको सदस्यता दिन स्वीकृति प्रदान गरेको पनि बताउनु भयो । उहाँले नेपाल प्रहरीको हालको दरबन्दीभित्रै पद–मिलान तथा कार्यालय संरचना समायोजनका साथै संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरी कार्य प्रारम्भ गर्ने निर्णय भएको पनि बताउनु भयो ।

उहाँले भदौ २३ र २४ का आन्दोलनमा घाइते भएका नागरिकको उपचारका लागि हेल्प डेस्क स्थापना गर्ने तथा त्यसमार्फत सेवा प्रवाह गर्न १० जना स्वास्थ्य स्वयंसेवक परिचालन गर्ने निर्णय पनि भएको पनि बताउनु भयो । स्वयंसेवकलाई मासिक १५ हजार रुपैयाँ भत्ता उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।

उहाँकाअनुसार बैठकले भूमिसम्बन्धी नवौं संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

उहाँले भन्नुभयो, ‘युरोपियन युनियनको ग्रीन एण्ड रिलायबल इनर्जी फर इकोनोमिक पोरोसपर्टी परियोजनो लागि २३।५८ मिलियन युरो सहायता स्वीकार गर्ने निर्णय भएको छ । भैरहवाको विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि २०७१ लाई खारेज गरेर त्यो क्षेत्रमा विशेष आर्थिक क्षेत्रको मासिक प्रतिमिटर भाडादर घटाएर ५ रुपैयाँ कायम गर्ने निर्णय भएको छ । विद्युत नियमन आयोगलाई साउथ एशिया इन्फ्रस्टक्चर रेगुलेसनको सदस्यताका लागि स्वीकृति दिने निर्णय भएको छ । नेपाल प्रहरीको हाल कायम रहेको कुल दरबन्दीभित्रै रहनेगरी केही कार्यालयहरुको पद मिलान तथा दरबन्दी थपघट र संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरी कार्यप्रारम्भ गर्ने निर्णय भएको छ । भदौ २३ र २४ को आन्दोलनमा घाइते भएकाहरुको उपचार गर्नको लागि हेल्प डेस्क स्थापना गरेको छ । सो डेस्कमा १० जना स्वास्थ्य स्वयमसेवकहरु घटाउने निर्णय भएको छ । १० जनालाई मासिक १५ हजारका दरले तलब भत्ता उपलब्ध गराउने निर्णय भएको छ । नेपाल प्रहरीको जनपद समूहतर्फको नायव महानिरीक्षकबाट ईश्वर कार्कीलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय पनि भएको छ । भूमिसम्बन्धी नवौं संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि भएको छ ।’

उहाँले कार्यवाहक मुख्यसचिवको जिम्मेवारी सचिव सुमन अर्याललाई दिने निर्णय भएको पनि बताउनु भयो ।