१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्कीलाई भेट्न नपाएपछि सिंहदरबारमा जेन–जीको आक्रोश



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठमाथि प्रकाशित समाचारको विषयमा ध्यानाकर्षणपत्र बुझाउन गाएका जेन–जीहरु प्रधानमन्त्रीलाई भेट्न नपाएपछि आक्रोशित भएका छन् ।

ध्यानाकर्षण बुझाउन सोमवार सिंहदरबार पुगेका जेनजीहरुले घण्टौं कुर्दा समेत प्रधानमन्त्री कार्कीसँग भेट्न नपाएपछि होहल्लासँगै आक्रोशित भएका हुन् । सरकार नातावाद र कृपावादमा लागेको उनीहरुको आरोप समेत छ । यता प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले जेन–जी पुस्ताका मागहरु सम्बोधन गर्न सरकार गम्भीर रहेको बताउनु भयो । उहाँले सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, नातावाद र कृपावादको अन्त्यका लागि गम्भीरताका साथ काम गरिरहेको समेत बताउनु भयो ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘उहाँहरुको मागहरु सम्बोधन गर्न सरकार गम्भीर छ । सरकार सुशासन कायम गर्दै नातावाद, कृपावाद अन्त्य गर्नको लागि बनेको हो । तर उहाँहरुले जुन भेट नपाएको भन्ने जुन गुनासो छ । उहाँहरुलाई उचित समयमा हामी प्रधानमन्त्रीलाई भेटाउँछौं ।’

उपयुक्त समयमा जेन–जी प्रतिनिधिहरुलाई प्रधानमन्त्रीसँग भेट गराउने उहाँको भनाइ छ ।