१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुमनराज अर्याल मुख्यसचिव नियुक्त



अ+ अ-

काठमाडौँ । सरकारले सुमनराज अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बुधबारदेखि लागू हुने गरी उनलाई २८ औँ मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारी स्रोतले जनाएको छ।

सुमनराज अर्याल यसअघि रक्षा सचिवको जिम्मेवारी सम्हालिरहेका थिए।

हालका मुख्यसचिव एकनारायण अर्यालको कार्यकाल भोलि मध्यरातिदेखि समाप्त हुने भएपछि सरकारले नयाँ मुख्यसचिव नियुक्त गरेको हो।